आजका समाचार : एमाले भन्छ जनयुद्ध हिंसा नै हो, बढ्दै संविधान संशोधनको बहस र अमेरिकी निर्वाचनमा रुसको चर्चा  | Khabarhub Khabarhub

आजका समाचार : एमाले भन्छ जनयुद्ध हिंसा नै हो, बढ्दै संविधान संशोधनको बहस र अमेरिकी निर्वाचनमा रुसको चर्चा 


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


336
Shares
  • change font
  • change font
  • change font

‘जनयुद्ध’बारे एमालेको औपचारिक धारणा स् हिंसाको माहिमण्डन नगरौँ
प्रमुख सत्तारुढ दल नेकपा (एमाले) ले माओवादीले १० वर्षसम्म सञ्चालन गरेको भनिएको ‘जनयुद्ध’बारे औपचारिक धारणा सार्वजनिक गरेको छ।

मंगलबार र बुधबार बसेको पोलिटब्यूरोको बैठकबाट एमालेले हिंसाको महिमामण्डन नगर्न लिखित आह्वान गरेको हो ।

पार्टीको पोलिटब्युरो बैठकमा बार्षिक कार्ययोजनामाथि छलफल र विभिन्न समसामयिक प्रस्ताव पारित गर्ने क्रममा हिंसाबारे पनि औ‍पचारिक धारणा बनाइएको हो ।

‘केही दिनअगाडि पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडागाउँस्थित आइतराज केरुङको घरमा द्वन्द्वकालमा बेवारिसे छाडिएको बम विस्फोटको त्रासद् घटनामा परी दुईजना बालबालिका ११ वर्षीय दिप्सन साँवा र ३ वर्षीय प्रिन्सा साँवाको निधन भएको घटनाबाट पार्टी असाध्यै दुखित भएको छ’, एमालेले भनेको छ, ‘ज्यान गुमाउनु हुने दुवैप्रति श्रद्धाञ्जली अर्पण गर्दै यो बैठक परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछ । घाइते बालकहरू १३ वर्षीय पवन राईसहितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ । यस दुःखद घटनाले हिंसाको भयावहता र त्यसको असरले समाजलाई कति लामो समयसम्म आहत तुल्याइरहन्छ भन्ने स्पष्ट पारेको छ ।’

मिनेन्द्रको प्रश्न- मेरो जस्तो अनुहारलाई समानुपातिकमा किन समेट्ने ?

बालेनको आरोपबारे एमाले महासचिवको टिप्पणी- प्रधानमन्त्रीलाई जोडिरहनु जरुरी छैन

नेताका कारण निराशा बढ्यो, युवा देशमा बस्न सकेनन् : चन्द्र भण्डारी

‘प्रचण्डले देशलाई श्रीलंका र बंगलादेशको बाटोमा लैजान खोजे’

प्रचण्डको आग्रह- सत्ताधारी नेता ‘जनयुद्ध’विरुद्ध बोल्न थाले, भण्डाफोर गरौँ

प्रहरीसँग सम्बन्धित नयाँ कानुन निर्माणमा सरकार प्रतिवद्ध : गृहमन्त्री
गृहमन्त्री रमेश लेखकले प्रहरीसँग सम्बन्धित नयाँ कानुन निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलालीको नवनिर्मित भवन तथा नेपाल प्रहरी कल्याण कोषबाट सञ्चालित पेट्रोलपम्पको आज उद्‌घाटन गर्दै गृहमन्त्री लेखकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायत सङ्गठनलाई थप सक्षम बनाउने, अपराधसँग सम्बन्धित कानुन तथा प्रहरीसँग सम्बन्धित नयाँ कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको बताए।


उनले भने, ‘नेपाल प्रहरीसँग सम्बन्धित २०१२ सालदेखिको कानुनले नै अहिले काम गरिरहेको छ । धेरै पटक संशोधन भइसकेको छ । त्यसलाई नयाँ कानुनकै रुपमा बनाउने भनेर हामीले गृह मन्त्रालयबाट निर्णय गरेर अगाडि बढाइसकेका छौँ । सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ ।’

सबै दलबीचमा सहमति गरेर संविधान संशोधन गर्नेछौँ: गृहमन्त्री

निर्मला पन्त हत्याको सूक्ष्म अनुसन्धान हुन्छ: गृहमन्त्री

निजामती सेवा ऐन चाँडै ल्याउने तयारी भइरहेको छ : मुख्यसचिव अर्याल

सरुवा तथा महामारीजन्य रोग नियन्त्रण गर्न सबै मिलेर अघि बढ्नुपर्छ : स्वास्थ्य मन्त्री

अरुण तेस्रो जलविद्युत् आयोजनामा देखिएका समस्या समाधान गर्न निर्देशन

दर्ता नभएका पोषण परिपुरकको प्रभावकारी अनुगमन गर्न निर्देशन

संविधान संशोधन खेलाँची होइन, गम्भीर छलफल हुनुपर्छ : सीता गुरुङ

रसिया जाने विद्यार्थीका अभिभावकसँग मागियो युद्धमा सहभागी नहुने प्रतिबद्धता

जता सरकार कर्मचारी उतै ढल्किए : सोविता गौतम

पोखरा र भैरहवामा उडान भर्न चाइना साउदर्न एयरलाइन्स तयार
संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे र चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिबीच भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भर्नेबारे कुरा भएको छ।

विहीबार चाइना साउदर्न एयरलाइन्सका प्रतिनिधिले मन्त्री पाण्डेलाई भेटेर पोखरा र भैरहवामा उडान भर्न आफूहरू उत्साहित रहेको बताएका हुन् ।


४० भन्दा बढी मुलुकमा सेवा दिँदै आएको चीनको चर्चित एयरलाइन्स चाइना साउदर्नले नेपालमासमेत आफ्नो सेवा उत्कृष्ट रहेको दाबी गरेको छ ।

द्वन्द्वपीडित सङ्घले प्रधानमन्त्रीलाई बुझायो ध्यानाकर्षणपत्र

पर्यटन क्षेत्रका समस्याबारे गण्डकीका पर्यटन मन्त्रीलाई ध्यानाकर्षण

माङसेबुङ : जहाँका तीन युवाले एक महिनाबीचमा विदेशमा ज्यान गुमाए

बाढीपीडित जलविद्युतका माग पुरा गरिदिन मन्त्रालयलाई इप्पानको आग्रह

४२ वर्षको सैन्य सेवाबाट प्रधानसेनापति शर्माको बिदाई

फ्रान्सको प्रधानमन्त्रीमा बार्नियर मनोनित
फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले फ्रान्सको नयाँ प्रधानमन्त्रीमा मिसेल बार्नियरलाई मनोनीत गरेका छन् ।

जुलाईमा भएको निर्वाचनबाट सरकार गठनका लागि कुनै पनि दललाई बहुमत प्राप्त हुन सकेको थिएन । युरोपेली सङ्घ (ईयू) बाट बेलायतको बहिर्गमन (ब्रेक्जिट)का लागि प्रमुख वार्ताकारका रूपमा काम गरेका ७३ वर्षीय बार्नियरलाई सबैलाई मिलाएर लानसक्ने नेताका रूपमा राष्ट्रपतिले विश्वास गरेका हुन् ।


गत जुलाई १६ मा म्याक्रोँले तत्कालीन प्रधानमन्त्री ग्याब्रियल अट्टलको राजीनामा स्वीकृत गरे पनि नयाँ मन्त्रिमण्डल गठन नभएसम्मका लागि कामचलाउ सरकारको प्रमुखका रूपमा कार्यभार सम्हाल्न आग्रह गरेका थिए ।

प्रेमीले आगो लगाएपछि युगाण्डाकी धावक चेप्टेगीको मृत्यु

बङ्गलादेशका निर्वाचन प्रमुखले दिए राजीनामा

आगामी साता प्रतिद्वन्द्वी ट्रम्पसँग हुने बहसको तयारीमा ह्यारिस

अमेरिकाको जर्जियामा १४ वर्षीय बालकबाट गोली प्रहार, चारजनाको मृत्यु

अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको आरोप

अफ्रिकालाई ५० अर्ब डलर दिने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ८ : ०५ बजे

डलर घट्दा यूरो बढ्यो : बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार सन्

आज कात्यायनीे देवीको पूजा गरिँदै

काठमाडौं – आश्विन शुक्ल षष्ठीका दिन आज दशैं घर वा

बुधबार कृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार

आज २०८१ साल असोज २३ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८१ साल असोज २३ गते बुधबार तदनुसार

श्रीलङ्काले खोज्यो ब्रिक्स सदस्यता, रूसमा अपिल गर्ने

एजेन्सी – श्रीलङ्काले यसै महिनाको अन्त्यमा रसियामा हुने ब्रिक्स सम्मेलनमा