खेलकुद

एन्फा महिला लिग : वालिङ नगरपालिका विजयी

By खबरहब

September 05, 2024

काठमाडौं– राजधानीमा जारी एन्फा महिला लिगमा वालिङ नगरपालिकाले सहज जित हासिल गरेको छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कर्णाली प्रदेशलाई ४-० गोल अन्तरले पराजित गर्दै वालिङले सहज जित हासिल गरेको हो । वालिङका लागि ज्याक्लीन नास्सालीले १०, ४१ र ७२ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन् भने चौथो गोल सुक्रिया मियाले ९० औं मिनेटमा गरिन् ।

त्यसअघि बिहीबार नै भएको पहिलो खेलमा कोशी प्रदेशले बागमती युथ क्लबलाई पराजित गर्यो । खेलमा कोशीले बागमती युथ क्लबलाई २–१ ले पराजित गरेको हो ।  जितसंगै कोशीले दुई खेलबाट ६ अंक जोडेको छ । समान खेल खेलेको बागमतीको भने तीन अंक छ । 

कोशीकी समीक्षा मगरले एक गोल गरिन्। यस्तै, बागमतीकी विष्णुमाया बलले एक गोल गर्दा दिव्या मगरले आत्मघाती गोल गर्न पुगिन् । एन्फाको आयोजनामा जारी लिगमा लिगमा १० टिमको सहभागिता रहेको छ ।