सरकारको निर्णय : पलेशालाई ६५ लाख, प्रशिक्षकलाई ५ लाख ८५ हजार पुरस्कार « Khabarhub

सरकारको निर्णय : पलेशालाई ६५ लाख, प्रशिक्षकलाई ५ लाख ८५ हजार पुरस्कार


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फ्रान्सको पेरिसमा भएको पारालिम्पिक प्रतियोगितामा नेपाललाई ऐतिहासिक कास्य पदक दिलाउन सफल पलेशा गोवर्धनलाई सरकारले ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले पसेसलाई ६५ लाख रुपैयाँ नगद पुरस्कार दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

उनका अनुसार पलेशालाई सम्मानस्वरुप ६५ लाख रुपैयाँ नगद पुरस्कार दिँदा प्रशिक्षक र टीम व्यवस्थापकलाई पनि सम्मान गर्ने निर्णय भएको छ ।

पलेशाका प्रशिक्षकलाई ५ लाख ८५ हजार र टिम व्यवस्थापकलाई २ लाख ९२ हजार रुपैयाँ पुरस्कार दिने निर्णय भएको उनले बताए ।

बुधबार मात्रै प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा प्रधानमन्त्री ओलीले पलेशालाई दिइने पुरस्कारमा कर नलगाउने बताएका थिए ।

पेरिस पारालिम्पिक २०२४ अन्तर्गत यही भदौ १४ गते सम्पन्न के–४४ वर्गअन्तर्गत महिला ५७ तौल समूहको प्रतिस्पर्धामा पलेशाले सर्वियाकी मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै कास्य जितेकी थिइन् । उनी पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी भएकी छन् ।

उक्त अवसरमा उक्त खेलका प्रशिक्षक, व्यवस्थापक र सहभागी खेलाडीलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरेका थिए। यसअघि काठमाडौं महानगरपालिकाले पलेशलाई ५ लाख रुपैयाँ नगद पुरस्कार दिइसकेको छ ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  ७ : ४९ बजे

जलेर नष्ट भएका तेह्र हजार बढी लालपुर्जाको स्रेस्ता कायम

बाँके– नेपालगञ्जस्थित भूमि सुधार तथा मालपोत कार्यालय बाँकेले गत भदौ

बालेन सरकार

काठमाडौँ – भदौ २३ र २४ को आन्दोलनपछि बनेको सरकारले

महेशपुर भन्सारबाट ८६ प्रतिशत राजस्व असुली

नवलपरासी पश्चिम– नवलपरासी पश्चिमको महेशपुर भन्सार कार्यालयले ६ महिनासम्म लक्ष्यअनुसार

बालेनलाई दुर्गमका आमाको प्रश्न- कहिलेसम्म हामी बाटोमै सुत्केरी हुनुपर्ने ?

काठमाडौँ – “सुदूर अब दूर नाई, झिक्कै–झिक्कै माया तम्लाई !”

पोखरा र कोशीबीच पर्यटकीय साझेदारीमा जोड

विराटनगर– होटल सङ्घ नेपाल (हान) पोखराको आयोजना एवं नेपाल पर्यटन