भारतबाट एनडीसी प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न « Khabarhub

भारतबाट एनडीसी प्रतिनिधिमण्डलको नेपाल भ्रमण सम्पन्न


२० भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको राष्ट्रिय रक्षा महाविद्यालय (नेशनल डिफेन्स कलेज) को ६४औँ कोर्षको एक प्रतिनिधिमण्डलले यही भदौ १६ देखि २० गतेसम्म नेपालको दिने भ्रमण सम्पन्न गरेको छ ।

भ्रमण टोलीमा भारतका साथै अष्ट्रेलिया, भुटान, जापान, कजाकिस्तान, ओमान र संयुक्त राज्य अमेरिकाका निजामती सेवा र रक्षा बलका २१ जना वरिष्ठ अधिकारीहरु सम्मिलित थिए ।

रियर एड्मिरल सन्दीप एस सन्धु, एनएम, सिनियर डाइरेक्टिङ्ग स्टाफ (भारतीय नौसेना)ले नेतृत्व गर्नुभएको भ्रमण टोलीले प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र रक्षामन्त्री मानवीर राईसँग शिष्टाचार भेटवार्ता गरेको थियो ।

भ्रमण टोलीले नेपाली सेनाका कायम मुकायम प्रधानसेनापति अशोकराज सिग्देलसँग पनि भेट गरी द्विपक्षीय सैन्य सहकार्यका विषयमा छलफल गरेको थियो ।

टोलीले काठमाडौँस्थित नेपाली सेनाको मुख्यालय र पश्चिम पृतना हेडक्वार्टरको भ्रमण गरी रक्षा सहकार्य प्रवद्र्धन हेतु विभिन्न पक्षमाथि छलफल गरेको यहाँस्थित भारतीय दूताबासले जनाएको छ । उच्च राष्ट्रिय निर्देशन तथा रणनीतिका व्यापक पक्षहरूबारे वरिष्ठ रक्षा र निजामती सेवा अधिकारीहरूका लागि भारतको राष्ट्रिय रक्षा महाविद्यालय विश्वकै प्रमुख प्रशिक्षण संस्थाहरू मध्ये एक हो ।

विदेशी मित्र राष्ट्रका सशस्त्र बलका अधिकारीहरू पनि उक्त कोर्षमा सहभागी छन् । हाल नेपाली सेनाका चार जना अधिकृतहरु यस प्रतिष्ठित कोर्षमा सहभागी छन् भने नेपाली सेनाका निवर्तमान प्रधानसेनापति प्रभुराम शर्मासहित नेपाली सेनामा कार्यरत १५ जना अधिकृतहरु यस सम्मानित संस्थाका विशिष्ट पूर्व छात्र हुन् ।

राष्ट्रिय रक्षा महाविद्यालय, नयाँ दिल्लीबाट प्रशिक्षित भएका नेपाली सेनाका अधिकारीहरुले आ–आफ्नो विशेषज्ञताका क्षेत्रमा महत्त्वपूर्ण नियुक्तिहरू पाएका छन् ।

प्रकाशित मिति : २० भाद्र २०८१, बिहीबार  १० : १२ बजे

बागमतीमा नयाँ सरकारका लागि छलफलमा दलहरू

बागमती– बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दलहरूले छलफललाई तीव्र

पाँच सडकखण्ड अवरुद्ध, प्रहरीले भन्यो- अवस्था बुझेर मात्र यात्रा गर्नू

काठमाडौं– मुलुकका पाँच सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् ।

सैनिक अधिकृतलाई राजुनाथको हप्की-दप्की : प्रधानसेनापतिले प्रधानमन्त्रीसँग राखे असन्तुष्टि

काठमाडौं- काठमाडौंको गोकर्ण क्षेत्रमा २० औँ वर्षदेखि अड्किएको करिडोर विस्तारका

सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

काठमाडौं– नेपाली कांग्रेसले सुनसरी लगायतका स्थानमा भएका घटनाको निष्पक्ष अनुसन्धान

सुनकोशीमा बेपत्ता यात्रु र कारको खोजी कार्य जारी

काठमाडौं– मध्यपहाडी लोकमार्गबाट लोकमार्गअन्तर्गत सिन्धुली जिल्लाको फिक्कल गाउँपालिका–२ नवलपुर नजिक सुनकोशी