अन्तर्राष्ट्रिय

पाकिस्तानी सेनाले विश्वविद्यालयमा छापा मारेपछि तनाव

By खबरहब

September 05, 2024

काठमाडौं – पाकिस्तानी सेनाले बलोचिस्तान प्रान्तमा रहेकोतुर्बत विश्वविद्यालयमा छापा मारेपछि तनाव बढेको छ ।पाकिस्तानी सेनाले उक्त विश्वविद्यालयको महिलाछात्रावासमा छापा मारेको हो ।

सेनाले महिला छात्रावासमा छापा मारेर महल बलोच नामगरेकी महिलाका बारेमा सोधपुछ गरेको बलोचिस्तान पोस्टलेजनाएको छ । जिलान कुर्द भनेर चिनिने बलोच बेला क्षेत्रमारहेको पाकिस्तानी सेनाको चौकीमा आत्मघाती बमआक्रमणमा संलग्न रहेको जनाइएको छ ।

बलोचिस्तानको बन्दरगाह शहर ग्वदर घर भएकी बलोच सोहीविश्वविद्यालयमा अध्ययन गर्दै आएकी थिइन् । उनीबलोचिस्तान लिबरेसन आर्मी ९बीएलए० ले गराएको आत्मघातीआक्रमणमा संलग्न रहेको सेनाले जनाएको छ ।

छापा मार्ने क्रममा सेनाले उनको कोठाबाट विभिन्न सामग्रीनियन्त्रणमा लिएको बलोचिस्तान पोस्टले उल्लेख गरेको छ ।घटनाबारे विश्वविद्यालय प्रशासनले थप जानकारी दिनअस्वीकार गरेको छ ।