दक्षिण अफ्रिकाले जित्यो आयरल्यान्डविरुद्धको शृङ्खला « Khabarhub

दक्षिण अफ्रिकाले जित्यो आयरल्यान्डविरुद्धको शृङ्खला


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

यूएई – दक्षिण अफ्रिकाले आयरल्यान्डविरुद्धको एक दिवसीय शृङ्खला जितेको छ। यूएईको अबुधाबीमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई १७४ रनले हराएको हो।

दक्षिण अफ्रिकाले दिएको ३४४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ३०.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६९ रनमा सीमित भएको हो।
आयरल्यान्डलाई कम योगफलमा सीमित गर्ने क्रममा लिजार्ड विलियम्सले ५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए।

जोन फर्टुनले ५.३ ओभरमा ३६ रन खर्चेर २ तथा लुंगा एनगिडीले ७ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए। ओटेलन वर्तमानले किफायती बलिङ गर्दै ४ ओभरमा ८ रन खर्चेर १ विकेट लिए। एन्डेल फुलेल्काओले ४ ओभरमा १३ रन खर्चेर १ तथा वियाम मल्डरले १ विकेट लिए।

आयरल्यान्डका क्रेग यङ २१ बलमा २९ रन बनाउँदै अविजित रहे। गेभिन होयले २३ तथा ग्राम हुमले २१ रन जोडे।

आयरल्यान्डको पारीमा सबैभन्दा उत्कृष्ट साझेदारी १० औं विकेटका लागि भएको थियो। हुम र यङको बिचमा ५२ रनको साझेदारी भएको हो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले चार विकेटको क्षतिमा ३४४ रन जोडेको हो। सो टोलीका लागि ट्रिस्टयन स्टब्सले अविजित रहँदै ११२ रन जोडे।

८१ बलको उनको पारीमा ८ चौका र ३ छक्का समावेश थियो। केल भेरियनले ६७ तथा मल्डरले ४३ रनको योगदान गरे। रेयन रिकल्टनले ४० रन जोडे भने कप्तान टेम्बा बमुभा ३५ रन बनाए।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : ३४ बजे

‘जनताभन्दा सीडीओ–प्रहरी सरुवामा केन्द्रित हुँदा एमालेले जनमत गुमायो’

काठमाडौं- नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण

कांग्रेसले महाधिवेशन असोजमै, राष्ट्रिय सभागृहको हल बुकिङका लागि पत्र

काठमाडौं- नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनका लागि राष्ट्रिय सभागृहको प्रदर्शनी

ऋषि भन्छन् : ओली नेतृत्वको सरकारले हाम्रा होनहार युवाहरूलाई गोली हानेर हत्या गर्‍यो

काठमाडौं– पत्रकार ऋषि धमलाले जेन-जी आन्दोलनका क्रममा दमन गर्नेहरूमाथि तत्काल कारबाही

नेपाली भूमिमा भारतीय गाउँको नाम लेखिएको बोर्ड, सच्याउन माग

दार्चुला- दार्चुलाको महाकाली नगरपालिका–८ असिगडास्थित नेपाल–भारत जोड्ने मोटरेबल पुलको नेपालतर्फ

‘कार्की साइँला’मा भरियाको भूमिकामा जितु नेपाल

काठमाडौं – कलाकार जितु नेपाल शीर्ष भूमिकामा रहेको फिल्म ‘कार्की