दक्षिण अफ्रिकाले जित्यो आयरल्यान्डविरुद्धको शृङ्खला « Khabarhub

दक्षिण अफ्रिकाले जित्यो आयरल्यान्डविरुद्धको शृङ्खला


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

यूएई – दक्षिण अफ्रिकाले आयरल्यान्डविरुद्धको एक दिवसीय शृङ्खला जितेको छ। यूएईको अबुधाबीमा शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई १७४ रनले हराएको हो।

दक्षिण अफ्रिकाले दिएको ३४४ रनको लक्ष्य पछ्याएको आयरल्यान्ड ३०.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १६९ रनमा सीमित भएको हो।
आयरल्यान्डलाई कम योगफलमा सीमित गर्ने क्रममा लिजार्ड विलियम्सले ५ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए।

जोन फर्टुनले ५.३ ओभरमा ३६ रन खर्चेर २ तथा लुंगा एनगिडीले ७ ओभरमा ३८ रन खर्चेर २ विकेट लिए। ओटेलन वर्तमानले किफायती बलिङ गर्दै ४ ओभरमा ८ रन खर्चेर १ विकेट लिए। एन्डेल फुलेल्काओले ४ ओभरमा १३ रन खर्चेर १ तथा वियाम मल्डरले १ विकेट लिए।

आयरल्यान्डका क्रेग यङ २१ बलमा २९ रन बनाउँदै अविजित रहे। गेभिन होयले २३ तथा ग्राम हुमले २१ रन जोडे।

आयरल्यान्डको पारीमा सबैभन्दा उत्कृष्ट साझेदारी १० औं विकेटका लागि भएको थियो। हुम र यङको बिचमा ५२ रनको साझेदारी भएको हो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले चार विकेटको क्षतिमा ३४४ रन जोडेको हो। सो टोलीका लागि ट्रिस्टयन स्टब्सले अविजित रहँदै ११२ रन जोडे।

८१ बलको उनको पारीमा ८ चौका र ३ छक्का समावेश थियो। केल भेरियनले ६७ तथा मल्डरले ४३ रनको योगदान गरे। रेयन रिकल्टनले ४० रन जोडे भने कप्तान टेम्बा बमुभा ३५ रन बनाए।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : ३४ बजे

बेनी–जोमसोम–कोरला सडक : म्याग्दी खण्ड स्तरोन्नति

म्याग्दी– बेनी–जोमसोम–कोरला सडकअन्तर्गत म्याग्दी खण्डमा १९ वर्षपछि कालोपत्र भएको छ

निर्वाचन हुँदैन भन्ने भ्रम नछर्न गृहमन्त्रीको आग्रह

धनगढी – गृहमन्त्री ओमप्रकाश अर्यालले केही थान हतियार र फरार कैदीबन्दी

महेश बस्नेतप्रति शिक्षामन्त्रीको टिप्पणी- ‘यो भाइ आफूले नेपाललाई स्वर्ग बनाएजस्तो कुरा गर्छ’

काठमाडौं – महेश बस्नेतले ऊर्जामन्त्री कुलमान घिसिङ र अर्थमन्त्री रामेश्वर

सडक खाल्डाखुल्डीरहित बनाउन विशेष अभियान (तस्बिरहरू)

काठमाडौं– सडक डिभिजन कार्यालय काठमाडौंले सहरी क्षेत्रका सडक खाल्डाखुल्डीरहित (पोटहोल

सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै गृहमन्त्री अर्याल

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्याल कैलालीको धनगढी पुगेका छन्। मंगलबार