बागमतीका मुख्यमन्त्री र मन्त्रीले बाढी प्रभावितलाई १५ दिनको तलब दिने | Khabarhub Khabarhub

बागमतीका मुख्यमन्त्री र मन्त्रीले बाढी प्रभावितलाई १५ दिनको तलब दिने


१९ आश्विन २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामासहित मन्त्रीहरूले बाढी प्रभावितलाई १५ दिनको तलब सहयोग गर्ने भएका छन् ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले लामासहित उनको क्याबिनेटका १४ जना मन्त्रीले १५-१५ दिनको तलब बाढी प्रभावितका लागि निर्माण गरिएको प्रधानमन्त्री दैवी राहत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका हुन् ।

प्रदेश सरकारले प्रदेश भरीका बाढी प्रभावित स्थानीय तहलाई ५ करोड ८० लाख बराबर आर्थिक सहयोग उपलब्ध गराउने निर्णय पनि गरेको प्रदेश सरकारले जनाएको छ । गत साता परेको अविरल वर्षात्का कारण बागमती प्रदेश सबैभन्दा धेरै प्रभावित भएको प्रदेश हो । बागमती प्रदेशमा सबैभन्दा बढी क्षति भएको थियो ।

प्रदेश सरकारको विपद् व्यवस्थापन कोषमा रकम अभाव रहेकाले आर्थिक मामिला तथा योजना मन्त्रालयबाट १० करोड रुपैयाँ रकम निकासा गरेर सो मध्येबाट ५ करोड ८० लाख रुपैयाँ स्थानीय तहलाई उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले विपद्बाट बढी प्रभावित ७ स्थानीय तहलाई २० लाख रुपैयाँ, १२ वटा स्थानीय तहलाई १५ लाख रुपैयाँ र २६ वटा स्थानीय तहलाई १० लाख रुपैयाँ सोझै पालिकाको विपद् व्यवस्थापन कोषमा पठाउने निर्णय भएको हो ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ६ : ४३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका