विश्वकप लिग-२ : वर्षाले अवरुद्ध खेलमा नेपाल र स्कटल्यान्डले अंक बाँडे | Khabarhub Khabarhub

विश्वकप लिग-२ : वर्षाले अवरुद्ध खेलमा नेपाल र स्कटल्यान्डले अंक बाँडे


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालले आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन टुको खेलमा स्कटल्यान्डसँग अङ्क बाँडेका छ । सोमबार भएको खेलमा नेपालले ६ ओभरमा २६ रन बनाएर १ विकेट गुमाएको अवस्थामा वर्षाका कारण खेल रोकिएको हो ।

नेपालका ओपनर अनिल शाह १९ बलमा १० रन बनाएर आउट भएका थिए । पहिलो ओभरको समाप्तिमा पनि लामो समय खेल रोकिएर सुरु भएको थियो ।

स्कटल्यान्डसँगको १ अङ्कसहित नेपालले त्रिदेशीय शृङ्खलामा ३ अङ्क जोडेको छ । डिभिजन टुको अङ्क तालिकामा नेपाल १२ खेलमा ६ अङ्कसहित सातौँ स्थानमा छ ।

तालिकामा अमेरिका १२ खेलमा १६ अङ्कसहित पहिलो तथा क्यानडा १२ खेलमा १२ अङ्कका साथ दोस्रो स्थानमा छन् ।

स्कटल्यान्डको ११ खेलमा १४ तथा नेदरल्यान्ड्सको ९ खेलमा १२ अङ्क छ । नामिबियाको १२ खेलमा १० अङ्क छ । ओमानको ९ खेलको ८ अङ्क छ । पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको ९ खेलमा ४ अङ्क छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ५ : ३१ बजे

अध्ययनमै सीमित भए अधिकांश सुरुङमार्ग, बजेटमै कञ्जुस्याइँ गर्छ सरकार

काठमाडौं– सरकारले हालसम्म अघि बढाएका अधिकांश सुरुङमार्ग परियोजनाहरू अध्ययनमै सीमित

कुलुङखोलामा पक्की पुल निर्माणले गति लिँदै

दमौली – तनहुँको भिमाद नगरपालिका–१ स्थित कुलुङखोलामा गत असोज तेस्रो

किबी उत्पादन दोब्बर, बिक्री नहुँदा किसान मारमा

खोटाङ – केपिलासगढी गाउँपालिका–१ फेदीका धनकुमार राईको फार्ममा लटरम्मै किबी

उपनिर्वाचन : कीर्तिपुरमा कांग्रेस उम्मेदवार डंगोल मतान्तर बढाउँदै

काठमाडौं– स्थानीय तहको रिक्त स्थानमा भएको उपनिर्वाचनको मतगणना जारी छ।

रास्वपालाई जम्मा ३४०९ भोट, कांग्रेस–एमालेलाई ०८४ मा पुग्ला त चोट ?

काठमाडौं- प्रतिनिधि सभा निर्वाचन ०७९ बाट उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी