गोप्य सूचना मिडियालाई दिएको आरोपमा नेतान्याहुका सहयोगी पक्राउ « Khabarhub

गोप्य सूचना मिडियालाई दिएको आरोपमा नेतान्याहुका सहयोगी पक्राउ


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको एक शीर्ष तहका सहयोगीले विदेशी सञ्चार माध्यमलाई समाचार उपलब्ध गराएको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ।

विपक्षीले गाजामा युद्ध विरामको अफवाह फैलाएको आरोप उनीमाथि लगाएका थिए। हमासले बन्दीलाई ‘स्मगलिङ’ गर्दै इजिप्टको सीमा पार गराउने तथा बन्दी रिहाइको विषयमा इजरायललाई विजित गराएर नेतान्याहुलाई असहयोग गर्ने नीति तय भएको तथा युद्ध विराम रोक्ने नीतिको बारे भएको अनुसन्धानको विषय सञ्चारमाध्यमलाई उपलब्ध गराइएको आरोप छ।

अदालतमा दर्ता भएको कागजात अनुसार यसरी अति संवेदनशील विषय बाहिर ल्याउने काममा नेतान्याहुका सहयोगी एलाइजर फेल्डस्टेन लगायतको संलग्नता रहेको देखिएको छ।

अदालतले सेनाको गोप्य सूचना बाहिर ल्याउने काम गरेका कारण संकट बढ्नसक्ने भन्दै उनलाई गिरफ्तारीको अनुमति दिएको हो।

प्रधानमन्त्री कार्यालयले भने आफूहरूबाट गोप्य सूचना बाहिर नगएको दाबी गरेको छ। प्रधानमन्त्री कार्यालयको दाबी अनुसार फेल्डस्टेन महत्त्वपूर्ण छलफल र योजना हुने विषयमा कहिले पनि सरिक भएका छैनन्।

विपक्षी नेता याइर लेपिडले प्रधानमन्त्री कार्यालय नै गोप्य सूचना बाहिर आउनुका दोषी भएको ठहर गरेका छन्। बन्दीका परिवारले भने बन्दी रिहाइ र युद्ध विरामसँगै नेतान्याहु युद्ध विरामका लागि बाध्य हुने ठहर गरेका छन्।

सेप्टेम्बर महिनामा बेलायतबाट प्रकाशित हुने जेविस क्रोनिकल तथा जर्मनीको बिल्डमा प्रकाशित समाचारमा गोप्य सूचना बाहिर आएको आरोप लगाइएको हो। युद्ध विराम र बन्दी रिहाइको वार्ताको क्रम चलीरहेकै समयमा सो समाचार प्रकाशित भएको थियो।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : १६ बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग