गोप्य सूचना मिडियालाई दिएको आरोपमा नेतान्याहुका सहयोगी पक्राउ | Khabarhub Khabarhub

गोप्य सूचना मिडियालाई दिएको आरोपमा नेतान्याहुका सहयोगी पक्राउ


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको एक शीर्ष तहका सहयोगीले विदेशी सञ्चार माध्यमलाई समाचार उपलब्ध गराएको आरोपमा प्रहरीले गिरफ्तार गरेको छ।

विपक्षीले गाजामा युद्ध विरामको अफवाह फैलाएको आरोप उनीमाथि लगाएका थिए। हमासले बन्दीलाई ‘स्मगलिङ’ गर्दै इजिप्टको सीमा पार गराउने तथा बन्दी रिहाइको विषयमा इजरायललाई विजित गराएर नेतान्याहुलाई असहयोग गर्ने नीति तय भएको तथा युद्ध विराम रोक्ने नीतिको बारे भएको अनुसन्धानको विषय सञ्चारमाध्यमलाई उपलब्ध गराइएको आरोप छ।

अदालतमा दर्ता भएको कागजात अनुसार यसरी अति संवेदनशील विषय बाहिर ल्याउने काममा नेतान्याहुका सहयोगी एलाइजर फेल्डस्टेन लगायतको संलग्नता रहेको देखिएको छ।

अदालतले सेनाको गोप्य सूचना बाहिर ल्याउने काम गरेका कारण संकट बढ्नसक्ने भन्दै उनलाई गिरफ्तारीको अनुमति दिएको हो।

प्रधानमन्त्री कार्यालयले भने आफूहरूबाट गोप्य सूचना बाहिर नगएको दाबी गरेको छ। प्रधानमन्त्री कार्यालयको दाबी अनुसार फेल्डस्टेन महत्त्वपूर्ण छलफल र योजना हुने विषयमा कहिले पनि सरिक भएका छैनन्।

विपक्षी नेता याइर लेपिडले प्रधानमन्त्री कार्यालय नै गोप्य सूचना बाहिर आउनुका दोषी भएको ठहर गरेका छन्। बन्दीका परिवारले भने बन्दी रिहाइ र युद्ध विरामसँगै नेतान्याहु युद्ध विरामका लागि बाध्य हुने ठहर गरेका छन्।

सेप्टेम्बर महिनामा बेलायतबाट प्रकाशित हुने जेविस क्रोनिकल तथा जर्मनीको बिल्डमा प्रकाशित समाचारमा गोप्य सूचना बाहिर आएको आरोप लगाइएको हो। युद्ध विराम र बन्दी रिहाइको वार्ताको क्रम चलीरहेकै समयमा सो समाचार प्रकाशित भएको थियो।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : १६ बजे

ट्रम्पले भने : इरानलाई आणविक सम्झौताबारे निर्णय लिन दुई साताको समय दिन्छौं

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक कार्यक्रमबारे सम्झौता

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट