अमेरिकी राष्ट्रपतिको तलब कति ? « Khabarhub

अमेरिकी राष्ट्रपतिको तलब कति ?


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


468
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा मंगलबार हुने निर्वाचनबाट भारतीय मुलकी कमला ह्यारिस र डोनाल्ड ट्रम्प मध्ये एकजना राष्ट्रपतिमा निर्वाचित हुने छन् । ह्यारिस बहालवाला उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्वराष्ट्रपति ।

निर्वाचनबाट अमेरिकाले पहिलो महिला राष्ट्रपति पाउँछ कि ट्रम्प दोहोरिन्छन् ? यो सर्वत्र चासोको विषय बनेको छ । किन भने अमेरिकी राष्ट्रपति केवल आफ्नो देशका लागि मात्रै नभएर अन्तराष्ट्रिय स्तर र भूराजनीतिक मामिलामा पनि निर्णायक मानिन्छन् । 

अमेरिकी परम्परा अनुसार नवनिर्वाचित राष्ट्रपतिले सन् २०२५ जनवरी २० मा चार वर्षका लागि पदभार ग्रहण गर्ने छन् । अमेरिकाको राष्ट्रपतिलाई विश्वकै सबैभन्दा शक्तिशाली व्यक्ति मानिन्छ । विश्वकै शक्तिशाली मानिने अमेरिकी राष्ट्रपतिले तलब र सेवा सुविधा कति पाउँछन् त ?

बीबीसीका अनुसार अमेरिकी राष्ट्रपतिको पारिश्रमिक (तलब) औसत अमेरिकीकाेभन्दा ६ गुणा बढी हुन्छ । एक औसत अमेरिकी नागरिकले वार्षिक ६७ हजार ७९५ डलर अर्थात ८५ लाख ६७ हजार हाराहारी आम्दानी गर्दछ ।

अमेरिकाका शीर्ष स्थानमा रहेका धनीले वार्षिक ७ लाख ८८ हजार डलर अर्थात १० करोड ५८ लाखभन्दा बढी कमाई गर्दछन् । तर, अमेरिकी राष्ट्रपतिको तलब योभन्दा झण्डै आधा हुन्छ । आम्दानीका हिसाबले अमेरिकी राष्ट्रपति देशका शीर्ष १ प्रतिशत धनीहरूको सूचीमा पर्दैनन् ।

अमेरिकाको बहालवाला राष्ट्रपति जो बाइडेनलाई वार्षिक ४ लाख डलर अर्थात ५ करोड ३६ लाख रुपैयाँ पारिश्रमिक मिल्दै आएको छ । यसका साथै राष्ट्रपतिलाई अतिरिक्त खर्चवापत ५० हजार डलर अर्थात ६७ लाख रुपैयाँ पाइन्छ ।

वासिङटन डीसीस्थित ह्वाइट हाउस अमेरिकाका राष्ट्रपतिको आधिकारिक निवास र कार्यालय हो । यहाँ खानबस्नका लागि अमेरिकाका राष्ट्रपतिले आफूले केही खर्च गर्नु पर्दैन ।

राष्ट्रपति पहिलो पटक ह्वाइट हाउस प्रवेश गर्दा उनलाई १ लाख डलर अर्थात १ करोड ३४ लाख रुपैयाँ दिइन्छ । उक्त रकमबाट राष्ट्रपतिले आफ्नो चाहनाबमोजिम निवासको साजसज्जा गर्न सक्छन् । राष्ट्रपतिलाई मनोरञ्जन, स्टाफ र भान्साका लागि वार्षिक १९ हजार डलर मिल्ने गर्दछ ।

अमेरिकाका राष्ट्रपतिको सम्पूर्ण स्वास्थ्य सेवाहरू निःशुल्क हुन्छ भने यात्राका लागि एक लिमोजिन कार, एक मरिन हेलिकप्टर र ‘एयरफोर्स वन’ नामक हवाईजहाज पनि उपलब्ध गराइन्छ ।

बीबीसीका अनुसार राष्ट्रपतिको लिमोजिन कार आधुनिक सुरक्षा र सञ्चार प्रणालीजडित हुन्छ भने कारमा राष्ट्रपतिको चाहनाबमोजिम समयसमयमा जरुरी संशोधन गरिन्छ ।

सन् १७८९ मा अमेरिकी राष्ट्रपतिको तलब २५ हजार डलर थियो भने १८७३ मा वृद्धि भएर ५० हजार डलर पुगेको थियो ।

अमेरिकी राष्ट्रपतिको तलब सन् १९०९ मा दोस्रोपल्ट वृद्धि हुँदा ७५ हजार र सन् १९४९ मा तेस्रोपल्ट वृद्धि हुँदा १ लाख डलर पुगेको थियो ।

अमेरिकी राष्ट्रपतिको तलब सन् १९६९ मा दोब्बर वृद्धि भएर दुई लाख डलर पुगेको थियो । यस्तै सन् २००१ मा वृद्धि हुँदा ४ लाख अमेरिकी डलर पुर्‍याइएकाे थियो । त्यसयता अमेरिकामा राष्ट्रपतिको पारिश्रमिक वृद्धि भएको छैन ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : २४ बजे

भक्तपुर- २ मा महेश बस्नेत दोस्रो पटक पराजित

काठमाडौं– भक्तपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रेनुले हार स्वीकार्दै भनिन् : मतमा हारे पनि कामले चितवनबासीको मन जित्न सफल भएँ

चितवन- चितवन ३ मा नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेनु दाहालले

क्षमा माग्दै इरानले गर्‍यो आइन्दा छिमेकी राष्ट्रविरुद्ध हमला नगर्ने घोषणा

काठमाडौं- इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्ना छिमेकी मुलुकहरूमाथि अबदेखि कुनै

ओलीले पेलेर टिकट नदिँदा रास्वपाको चुनावी आँधीबाट जोगिए योगेश र गोकुल

काठमाडौं- नेकपा (एमाले)का केही प्रभावशाली नेताहरू यसपटकको निर्वाचनमा राष्ट्रिय स्वतन्त्त्र

सुनसरी-१ मा राई १ हजार ६६१ मतान्तरले अगाडि

धरान– प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सुनसरी क्षेत्र नं १ मा श्रम