कपिलवस्तुमा नेकपाको सामूहिक कृषि अभियान, विप्लव आलु रोप्न व्यस्त  « Khabarhub

कपिलवस्तुमा नेकपाको सामूहिक कृषि अभियान, विप्लव आलु रोप्न व्यस्त 


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आलु रोप्ने कार्यमा व्यस्त रहेका छन् । पार्टीले सञ्चालन गरेको  सामूहिक कृषि तथा जनकम्युनको अवधारणा अनुसार  कपिलवस्तुको शिवराज नगरपालिका– ९ अञ्चलपुरमा रहेको केन्द्रीय कार्यालय नजिकै ५ बिघा क्षेत्रफलमा निरन्तर आलु लगाइँदै आएको छ ।

मेसिनको प्रयोग गरी विप्लवसँगै सचिवालय, स्थानीय नेता, कार्यकर्ता र जनताको सहभागितामा आलु लगाइएको नेकपा प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।

नेकपाले कपिलवस्तुमा मात्रै करिब ५ बिघा क्षेत्रफलमा आलु लगाउने  तयारी गरेको छ भने चितवन, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा करिव ५० बिघामा आलु रोप्ने तयारी गरेको छ ।

पार्टीद्वारा सञ्चालित जनश्रम कृषि सहकारी संस्था लिमिटेडसँग न्यूनतम ४ लाख केजी आलु र सिजी फुड्स नेपाल लिमिटेड सानेपाले उत्पादित आलु खरिद गर्ने सम्झौता भएको छ । गतहप्ता मात्र नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सी लगायतको टोलीले कपिलवस्तुमा रहेको केन्द्रीय कार्यलयमा १६ टन बिउ आलु भित्र्याएको  छ ।

विप्लवले सञ्चालन गरेको जनकम्युनमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट पनि सोमबार आलु रोप्न पुगेका छन् । अध्यक्ष विष्टले देशको आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउनका साथै आलु र धानमा आत्मनिर्भर बनाउने विप्लवको अभियानलाई सबैले साथ दिनुपर्ने बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : ४२ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी