कपिलवस्तुमा नेकपाको सामूहिक कृषि अभियान, विप्लव आलु रोप्न व्यस्त  | Khabarhub Khabarhub

कपिलवस्तुमा नेकपाको सामूहिक कृषि अभियान, विप्लव आलु रोप्न व्यस्त 


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) आलु रोप्ने कार्यमा व्यस्त रहेका छन् । पार्टीले सञ्चालन गरेको  सामूहिक कृषि तथा जनकम्युनको अवधारणा अनुसार  कपिलवस्तुको शिवराज नगरपालिका– ९ अञ्चलपुरमा रहेको केन्द्रीय कार्यालय नजिकै ५ बिघा क्षेत्रफलमा निरन्तर आलु लगाइँदै आएको छ ।

मेसिनको प्रयोग गरी विप्लवसँगै सचिवालय, स्थानीय नेता, कार्यकर्ता र जनताको सहभागितामा आलु लगाइएको नेकपा प्रचार विभागका सदस्य प्रकाश डुम्रेले बताए ।

नेकपाले कपिलवस्तुमा मात्रै करिब ५ बिघा क्षेत्रफलमा आलु लगाउने  तयारी गरेको छ भने चितवन, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलालीमा करिव ५० बिघामा आलु रोप्ने तयारी गरेको छ ।

पार्टीद्वारा सञ्चालित जनश्रम कृषि सहकारी संस्था लिमिटेडसँग न्यूनतम ४ लाख केजी आलु र सिजी फुड्स नेपाल लिमिटेड सानेपाले उत्पादित आलु खरिद गर्ने सम्झौता भएको छ । गतहप्ता मात्र नेपाल कम्युनिस्ट पार्टी महासचिव विप्लव सी लगायतको टोलीले कपिलवस्तुमा रहेको केन्द्रीय कार्यलयमा १६ टन बिउ आलु भित्र्याएको  छ ।

विप्लवले सञ्चालन गरेको जनकम्युनमा दाङको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट पनि सोमबार आलु रोप्न पुगेका छन् । अध्यक्ष विष्टले देशको आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउनका साथै आलु र धानमा आत्मनिर्भर बनाउने विप्लवको अभियानलाई सबैले साथ दिनुपर्ने बताए ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : ४२ बजे

राजेन्द्र बजगाईंको गुनासो- प्रतिशोध साँधेर मेरो होटलमा आगजनी गरियो

काठमाडौं– नेपाली कांग्रेसका नेता राजेन्द्र बजगाईंले प्रतिशोधीहरूले जेन–जी पुस्ताका आन्दोलनकारीलाई

पर्यटन क्षेत्रमा २५ अर्बको नोक्सानी, छिट्टै पुनरुत्थान हुने विश्वास

काठमाडौं– सुशासनलगायत विभिन्न मुद्दासहित जेन–जीले गरेको प्रदर्शनका कारण मुलुकले अपूरणीय

प्यालेस्टाइन कहिल्यै राष्ट्र बन्नेछैन : नेतन्याहू

एजेन्सी – इजरायली प्रधानमन्त्री बेञ्जामिन नेतन्याहूले प्यालेस्टाइन कहिल्यै स्वतन्त्र राष्ट्र

नयाँ सरकारसँग ऊर्जा क्षेत्रमा सहकार्य गर्न तयार : इप्पान

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले नयाँ आन्तरिक

मुस्ताङको ४७० हेक्टर क्षेत्रफलमा आलुखेती

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा कूल ४७० हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै