पोखरामा रास्वपाको प्रदर्शन, प्रहरीबाट अश्रुग्यास प्रहार « Khabarhub

पोखरामा रास्वपाको प्रदर्शन, प्रहरीबाट अश्रुग्यास प्रहार


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा पोखरामा प्रदर्शनमा उत्रिएका रास्वपाका कार्यकर्तामाथि प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

लामिछानेलाई तेस्रो पटक म्याद थपका लागि आज कास्की जिल्ला अदालतमा पेस गरिएको अवस्थामा उनका समर्थकले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीले रत्नचोक हुँदै वाइ चोकमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।

पोखरास्थित जिरो किलोमा भेला भएका रास्वपाका नेता कार्यकर्तासहितका समर्थकले लामिछानेको पक्षमा नाराबाजी गरेका थिए । प्रदर्शनमा सहभागीहरूले लामिछानेको रिहाइको माग गरेका छन्।

राजनीतिक प्रतिशोध साँधेर सभापति लामिछानेलाई राज्यले फसाउन खोजेको रास्वपाले दाबी गर्दै आएको छ ।

सहकारी ठगी तथा संगठित अपराधको आरोपमा लामिछाने यही कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए ।

लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले पहिलो पहिलो पटक ६ दिन र दोस्रो पटक ७ दिनको म्याद थपेको थियो । उक्त म्याद कात्तिक १४ गतेसम्म रहेकोमा त्यसपछि तिहार बिदा परेकाले लामिछानेलाई आज अदालतमा पेस गरिएको हो ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १२ : ४८ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी