लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन भ्रमणमा जाँदै « Khabarhub

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन भ्रमणमा जाँदै


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएका छन् । 

प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उनको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जानकारी दिए। मुख्यमन्त्री आचार्यका साथ आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत प्रदेश सरकारका उच्च अधिकारी सहभागी हुनेछन् । 

लुम्बिनी प्रदेश सरकार र सिछुआन प्रान्तबीच पारस्परिक सहयोग तथा सद्भाव थप अभिवृद्धि गर्ने उद्देश्यले २०७६ सालमा भगिनी सम्बन्ध कायम भएको हो । कृषि, उद्योग, पर्यटन लगायतका क्षेत्रमा लुम्बिनी प्रदेश सरकार र सिचुआन प्रान्तबीच सहयोग आदानप्रदान गर्ने समझदारी भएको थियो ।

लुम्बिनी प्रदेशको समग्र विकासका योजनालाई कार्यान्वयन तथा दुई पक्षीय सहयोग र सहकार्य विस्तारका दिशामा उच्चस्तरीय वार्ता हुने प्रवक्ता पन्तले बताए।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १ : ३२ बजे

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको