बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु | Khabarhub Khabarhub

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– भरतपुर महानगरपालिका–१ रामनगरमा गएराति बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमवार साँझ ६ः२० बजेको समयमा मुग्लिङबाट आउँदै गरेको बा ३ ख ९०७६ नम्बरको बसले रामनगरको परेवाश्वरी पेट्रोल पम्प अगाडि विपरीत दिशाबाट जाँदै गरेको ना ५९ प १७८५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बसको ठक्करबाट घाइते भएका भरतपुर–१४ बस्ने ५४ वर्षीय धनप्रसाद भट्टको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । भट्टलाई चिकित्सकले सोमबार साँझ ६ः५० बजे मृत घोषणा गरेका हुन् ।

दुवै सवारी साधन र बस चालक राप्ती नगरपालिका–२ गडौली बस्ने ३६ वर्षीय काजी बोगटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  १ : ५२ बजे

जब दर्शकहरू क्रिकेट मैदानमा छिरे…

काठमाडौं- जनकपुर बोल्ट्स र कर्णाली याक्सबीचको खेलपछि एक्कासि दर्शकहरू मैदानमा

प्रदेशमाथि उठेका प्रश्नको जवाफ कामले दिनुपर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश संरचनामाथि

स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ : मुख्यमन्त्री लामा

बागमती – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिं लामा (तामाङ) ले योजनाहरू

पाकिस्तानमा साम्प्रदायिक झडप : १३३ जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिम पाकिस्तानमा भएको साम्प्रदायिक झडपका कारण मृत्यु हुनेकोे

ओलीको गृहजिल्लामा एमाले हराउने अर्का ओली

काठमाडौं – नेकपा एमालेको ०७९ मा जितेको झापाको कनकाई नगरपालिका–६