डुबेका ६ सहकारीका ६९ जना बचतकर्ता बिरामी र अशक्त « Khabarhub

डुबेका ६ सहकारीका ६९ जना बचतकर्ता बिरामी र अशक्त


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं सरकारले समस्याग्रस्त सहकारी घोषणा गरेका ६ वटा सहकारीका ६९ जना बचतकर्ता यतिबेला बिरामी अवस्थामा छन् । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आंशिक बचत मात्रै फिर्ता पाएका ती बचतकर्ताहरू बिरामी तथा अशक्त भएको बताएको हो ।

समितिका अनुसार ओरेन्टल को–अपरेटिभका ३० जना, कान्तिपुर सेभिङ एन्ड को–अपरेटिभका ११ जना शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका ७ जना बचतकर्ताहरू बिरामी तथा अशक्त अवस्थामा छन् । 

त्यस्तै समितिकाअनुसार लालीगुराँस बहुउद्देश्यीय सहकारीका ३ जना, गौतमश्री बहुउद्देश्यीय सहकारीका ८ जना र गोरखा सेभिङ एन्ड क्रेडिट सहकारीका १० जना बचतकर्ताहरू बिरामी अवस्थामा छन् ।

अहिलेसम्म बिरामी तथा अशक्त बचतकर्ताहरूले बचत गरेकोमध्ये चालु आर्थिक वर्षको चौमासिक अवधिमा २३ लाख २० हजार रूपैयाँ मात्रै ती सहकारीहरूबाट फिर्ता गरिएको समितिले आफ्नो चौमासिक विवरणमा उल्लेख गरेको छ । तर, ती बचतकर्ताहरूले सहकारीमा कति रकम जम्मा गरेका थिए भन्ने समितिको विवरणमा उल्लेख गरिएको छैन ।

 २२ सहकारी समस्याग्रस्तको सूचीमा, ६० हजार बढीको बचत दाबी

समितिले अहिलेसम्म २२ वटा सहकारीलाई समस्याग्रस्त सहकारीको सूचीमा राखेको छ । ती सहकारीहरूमा अहिलेसम्म ६२ हजार ७ सय ६० जना बचतकर्ताले मागदाबी गरेका छन् ।

समितिको चालु आर्थिक वर्षको पछिल्लो विवरणअनुसार समितिले अहिलेसम्म समस्याग्रस्त घोषणा गरिएका सहकारी मध्ये समितिले पछिल्लो समयसम्म ६ वटा ओरेन्टल, कान्तिपुर, शिवशिखर, लालिगुराँस, गौतमश्री र गोरखा सेभिङ एण्ड क्रेडिटबाट मात्रै आंशिक बचत फिर्ता भएको छ । 

विवरणअनुसार ७ वटा सहकारीबाट ३५९ जना बचतकर्तालाई दामासाहीका हिसाबले रकम फिर्ता गरिएको छ । जसमध्ये प्यासिफिक सेभिङ एण्ड को–अपरेटिभबाट ३४ जना, प्रभु बचत तथा ऋण सहकारीबाट ११८ जना, कुवेर बचत तथा ऋण सहकारीबाट १३ जनालाई दामासाही भुक्तानी प्रक्रियाबाट रकम फिर्ता गरिएको छ ।

त्यस्तै, स्ट्यान्डर्ड सेभिङ एण्ड को–अपरेटिभबाट ८५ जना, स्टान्डर्ड मल्टिपर्पोस को–अपरेटिभबाट ८ जना, चाटर्ड सेभिङ एण्ड क्रेडिट को–अपरेटिभबाट १२ जना र लुःनिभा बहुउद्देश्यीय सहकारीबाट ८९ जना बचतकर्तालाई दामासाही प्रक्रियाले बचत रकम फिर्ता गरिएको छ । ती ७ वटा सहकारीबाट २ करोड १४ लाख ३७ हजार ६२५ रुपैयाँ रकम फिर्ता गरिएको समितिको विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ८ : ०१ बजे

सरकारले एडिबीसँग १६ करोड ५० लाख डलर सहुलियतपूर्ण ऋण लिने

काठमाडौं – एसियाली विकास बैंक (एडिबी)ले नेपाल सरकारलाई १६ करोड

ठमेलमा अश्लिल क्रियाकलापमा सङ्लग्न तीन विदेशी महिला पक्राउ

काठमाडौं – नेपाल प्रहरीले राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा अश्लिल

गाउँदै, नाच्दै कोदो रोप्दै बारपाकीहरु

गोरखा – पर्याप्त पानी नपर्दा तल्लो भेगमा धान रोपाइँले गति

फेरिए भन्सार र आन्तरिक राजस्व विभागका महानिर्देशक

काठमाडौं । अर्थ मन्त्रालयअन्तर्गतका भन्सार विभाग र आन्तरिक राजस्व विभागका

आसिफ शेख अब लुम्बिनी लायन्समा

काठमाडौं – राष्ट्रिय क्रिकेट टोलीका भरपर्दा ओपनर आसिफ शेख आगामी