गर्भवतीको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

गर्भवतीको हेलिकप्टरमार्फत उद्धार


२० कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

सङ्खुवासभा – सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–२ चेपुवाबाट एक जना गर्भवतीको हेलिकप्टरबाट उद्धार गरिएको छ । भोटखोला–२ चेपुवाकी गर्भवती ३५ वर्षीया जीवनकुमारी राईलाई आज राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत उद्धार गरिएको हो ।

अठार घण्टा लामो प्रसूति ब्यथा लागेर चेपुवा स्वास्थ्यचौकी भर्ना हुनुभएकी ३५ वर्षीया राईलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालय सङ्खुवासभाका पब्लिक हेल्थ नर्स भवानी तिम्सिनाले जानकारी दिए ।

सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई हवाई उद्धार गरी तोकिएको अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ । यातायातको पहुँच नपुगेको उत्तरी क्षेत्र भोटखोला भौगोलिक रुपमा निकै विकट मानिन्छ । प्रसूति ब्यथा लागेकी राईको स्वास्थ्य अवस्था जटिल हुँदै गएका कारण थप उपचारका लागि हवाई उद्धारमार्फत काठमाडौँ पठाइएको पब्लिक हेल्थ नर्स तिम्सिनाले बताए ।

जिल्लामा पछिल्लो समय गर्भवती तथा सुत्केरीको उद्धार कार्यक्रम प्रभावकारी बन्दै गएको छ । दुर्गम क्षेत्रका जटिल प्रकारका सुत्केरी तथा गर्भवतीका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गतको हवाई उद्धार प्रभावकारी देखिएको छ ।

भौगोलिक विकटताका कारण नजिकमा बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको प्रसूति सेवा छैन । विशेषज्ञ चिकित्सक र पर्याप्त पूर्वाधारको अभावका कारण दुर्गममा भरपर्दो प्रसूति सेवा छैन । जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार हुँदैन ।

गर्भवती तथा सुत्केरी जटिलताका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत विसं २०७७ देखि हालसम्म २० जना बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको छ । उद्धार गरिएका १७ वर्षदेखि ३६ वर्ष उमेर समूहका छन् ।

प्रकाशित मिति : २० कार्तिक २०८१, मंगलबार  ९ : ५३ बजे

सिद्धपोखरी मर्मतमा स्थानीयको सहभागिता (तस्बिरहरू)

भक्तपुर– भक्तपुर नगरपालिकाले आफ्नो दीर्घकालीन ‘सम्पदा जोगाउने’ नीति अन्तर्गत ऐतिहासिक

बदनाम गर्न मविरुद्ध संगठित रूपमै अफवाह फैलाइयो : अर्थमन्त्री वाग्ले

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूविरुद्ध संगठित रूपमा अफवाह

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित