आज २०८१ साल मंसिर २० गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल मंसिर २० गते बिहीबारको राशिफल


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल मंसिर २० गते बिहीबार तदनुसार सन् २०२४ डिसेम्बर ५ तारिख। मार्गशीर्ष शुक्ल पक्षको चौथी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। शिक्षाका क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। पूर्वको लामो यात्रा नगर्नु राम्रो हुनेछ। राज्यका तर्फबाट त्रास हुनेछ। संकटमा परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

वृष : तपाईंका काममा परिवारबाट विरोध हुनेछ। परिवारमा संकट भए पनि स्वास्थ्यले साथ दिनेछ। स्वदेशमा रोजगारीका विकल्प भेटिनेछन्। ठुला उद्योगको सुरुवात गर्नुभन्दा भएको सम्पत्तिको सुरक्षा गर्नु राम्रो हुनेछ।

मिथुन : सञ्चित धन खर्च हुनेछ। खानपानमा ख्याल नगर्नाले स्वास्थ्यमा समस्या हुनसक्छ। बाहिर बस्दा खुशी भए पनि घरभित्र मन अशान्त हुनसक्छ। परिवारको सल्लाह अनुसार अगाडि बढेमा फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

कर्कट : हरेक क्षेत्रमा सफलता प्राप्त हुने दिन छ। बिहान धार्मिक कार्यमा सक्रिय भएर दिनको सुरुवात गरेमा दिन सहज बन्नेछ। स्वास्थ्य र शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा राम्रो वातावरण भएकाले मन खुशी हुनेछ।

सिंह : आफ्नै साथीले विरोध गर्नेछन्। खानपानमा समस्या हुनसक्छ। साथीभाइसँगको सहकार्यमा घाटा हुनेछ। बिहान उठेर सूर्यलाई अर्घ दिएर दिनको सुरुवात गरेमा दैनिक काम सहजै बन्नेछन्।

कन्या : दिन राम्रो छ। मन खुशी हुनेछ। परिवारसँग बसेर रमाइलो गर्ने अवसर मिल्नेछ। शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। लगानी गरेको भए फाइदा हुनेछ। विपक्षी शान्त रहेकाले काम गर्न सहज हुनेछ। परिवारको साथ मिल्नेछ।

तुला : चिसोले सताउने जोखिम छ। जाडोबाट बच्नु राम्रो हुनेछ। बौद्धिक व्यक्तिको सल्लाहमा अगाडि बढेमा काम सहजै बन्नेछ। परिवारले भन्दा बाहिरका साथीले प्रशंसा गर्नेछन्।

वृश्चिक : राम्रो बोल्छु भन्दा नराम्रो शब्द सार्वजनिक हुनसक्छ। थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ। आर्थिक र सामाजिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। न्यायको लडाइँमा भए तपाईंको पक्षमा फैसला हुनेछ। प्राविधिक शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।

धनु : बोलीको प्रभावले राम्रो काम बन्नेछ। मनमा भएका कुरा भन्नु राम्रो हुनेछ। रोगबाट मुक्त हुने योग छ। स्वास्थ्यमा लामो समयदेखि देखिएको समस्याको उपचार हुनेछ। साथीभाइको सहयोगले महत्त्वपूर्ण काम बन्नेछ। दक्षिणको यात्रा नगर्नु राम्रो हुनेछ।

मकर : आफ्नै राशिमा चन्द्रमा पुगेकाले दिन रमाइलो छ। राज्यका तर्फबाट राहत मिल्नेछ। माथिल्लो निकायबाट प्राप्त हुने सहयोगले मन शान्त हुनेछ। अन्त्य साढेसाती दशाको असरबाट बच्न पिपलको दर्शन गर्नु राम्रो हुनेछ।

कुम्भ : सञ्चित धनको खर्च हुनेछ। सोचेका काममा बाधा र अड्चन हुनेछ। शरीरमा आलश्यता बढ्नेछ। बिहान उठेर शिवको भजन सुन्न सकेमा दिन सहज बन्नेछ। परिवारले साथ दिनेछ।

मीन : आम्दानीका दृष्टिले दिन राम्रो छ। आफ्न्तले भन्दा अपरिचित व्यक्तिले सहयोग गर्नेछन्। आफ्नो बोलीले आफैंलाई पश्चाताप हुनेछ। दाम्पत्य जीवन सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  ५ : ०९ बजे

इनिशा हत्या प्रकरण : निष्पक्ष छानबिनको माग, माइतीघरमा प्रदर्शन गर्दै दलित मोर्चा

काठमाडौँ – इनिशा विकको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा ‘नेपाल

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको