जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित « Khabarhub

एनपीएल क्रिकेट

जनकपुरको लगातार तेस्रो जित, पोखरा ७ विकेटले पराजित


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


342
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगितामा जनकपुर बोल्ट्सको रवाफिलो प्रदर्शन जारी छ ।

बिहीबार त्रिवि क्रिकेट मैदानमा भएको पहिलो खेलमा जनकपुरले पोखरामाथि ७ विकेटको सहज जित निकालेको छ ।

पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गर्दै दिएको १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले ७ विकेटको क्षतिमा १७ बाँकी रहँदै जित पक्का गरेको हो ।

जनकपुरलाई जिताउने क्रममा लाहिरु मिलान्थाले ३२ बलमा सर्वाधिक ४५ रनको योगदान गरे । त्यसैगरी आशिफ शेखले ३४ बलमा ३३ रन बनाए । नटआउट रहेका जेम्स मिसनले २० बलमा विस्फोटक ४० रनको योगदान दिए ।

पराजित पोखराका लागि विपिन खत्री, कुशल भुर्तेल र मिचेल लिस्कले समान १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १३८ रनको योगफल तयार पार्न सफल भएको थियो ।

पाेखराका लागि मार्कस क्रिटलेले ३५, माइकल लिस्कले २५, आन्द्रेस गौसले २०, रेमन रिफरले १७, दिलिप नाथले ११ र दीनेश खरेलले १० रन बनाएका थिए ।

उता जनकपुरका लागि ललितनारायण राजवंशीले तीन, जिमी निसमले दुई तथा मोहम्मद मोहसिन र किशोर महतोले समान एक विकेट लिए ।

जनकपुरले जारी प्रतियोगितामा लगातार तेस्रो जित निकाल्दै आफ्नो प्रभाव कायमै राखेको छ । लगातार तीन खेल जित्ने जनकपुर पहिलो टोली पनि भएको छ।

जनकपुरले पहिलो खेलमा विराटनगर किङ्सलाई हराएको  थियो । त्यस्तै दोस्रो खेलमा उसले कर्णाली याक्सलाई पनि पराजित गरेको थियो ।

उता पोखराले भने प्रतियोगितामा लगातार दोस्रो हार भोग्दै कर्णाली याक्स र विराटनगरकै नतिजालाई पछ्याएको छ । पोखरा पहिलो खेलमा छिमेकी चितवन राइनोजसँग पराजित भएको थियो। दोस्रो खेलमा पनि उसले आफ्नो खराब लयलाई निरन्तरता दिँदा नतिजा जनकपुरको पक्षमा गयो ।

तस्बिहरू : चिरायु शाक्य

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  १२ : ०७ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर