विद्युत् प्राधिकरण हेटौँडाका सात करोड बराबरका सामान गायब « Khabarhub

विद्युत् प्राधिकरण हेटौँडाका सात करोड बराबरका सामान गायब


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बागमती– हेटौँडास्थित नेपाल विद्युत् प्राधिकरणको केन्द्रीय जिन्सी व्यवस्थापन शाखाबाट सात करोड बराबरका सामान गायब भएपछि वास्तविकता पत्ता लगाउन गठन भएको छानबिन समितिले संलग्न व्यक्तिलाई कारबाहीको सिफारिस गरेको छ ।

विद्युत् प्राधिकरणको खरिद व्यवस्थापन महाशाखाबाट हेटौँडास्थित केन्द्रीय जिन्सी व्यवस्थापन शाखामा दाखिला भएका विद्युतीय सामान कर्मचारीको लापरबाहीका कारण गायब भएपछि प्राधिकरणले केन्द्रीयस्तरमा गठन  गरेकाे छानबिन समितिले सात करोड बराबरका सामान हराएको प्रतिवेदन दिएको प्राधिकरणको खरिद व्यवस्थापन महाशाखा प्रमुख जीतेन्द्रकुमार झाले जानकारी दिए ।

हेटौँडास्थित जिन्सी शाखाका तत्कालीन प्रमुख बुद्धकुमार कार्कीले वर्तमान प्रमुख रमेश पराजुलीलाई सामान बरबुझारथ गर्ने क्रममा अभिलेखअनुसारका सामान नपाइएपछि सामान हराएको वास्तविकता सार्वजनिक भएको हो ।

तत्कालीन शाखा प्रमुखलगायत कर्मचारीउपर कारबाही अघि बढाइएको महाशाखा प्रमुख झाले बताउनुभयो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  १२ : १७ बजे

भाषा, साहित्य, कला र संस्कृतिको संरक्षणमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : मन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भाषा, साहित्य, संस्कृति

किसानलाई रासायनिक मलको सहज आपूर्ति सुनिश्चित गर्छौँ : कृषिमन्त्री

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले आगामी सिजनमा किसानलाई

राष्ट्रसङ्घको महासभामा नेताहरुको सम्बोधन आजदेखि : इरान युद्ध र एआई प्रमुख एजेण्डा

काठमाडौं- संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा आजदेखि विश्वका नेताहरुले आजदेखि

प्रसारण लाइन निर्माण : प्रभावितलाई  दश करोड ३३ लाख मुआब्जा

दमौली– मिलेनियम च्यालेन्ज अकाउन्ट (एमसिए) नेपालअन्तर्गत तनहुँमा विद्युत् प्रसारण लाइन

मौसम विभागमा पुगे गृह र ऊर्जामन्त्री, मौसमविद्सँग के भयो सल्लाह ?

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त