काठमाडौंविरुद्ध सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनको अर्धशतक « Khabarhub

काठमाडौंविरुद्ध सुदूरपश्चिमका ब्रान्डन म्याकमुलेनको अर्धशतक


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको जारी खेलमा सुदूरपश्चिम रोयल्सका ब्याटर ब्रान्डन म्याकमुलेनले काठमाडौं गुर्खाजविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ३१ बलमा अर्धशतक पूरा गरेका हुन् ।

अर्धशतक प्रहारपछि ब्रान्डन मैदानमा लामो समय टिक्न सकेनन् । त्यसपछि उनले ५ बल मात्रै खेले । उनी ३६ बलमा ५३ रन बनाएर पवेलियन फर्किए ।

स्कटल्यान्डका अलराउन्डर ब्याटर समेत रहेका ब्रान्डनलाई काठमाडौं गेर्हार्ड इरास्मसले शाहब आलममार्फत क्याच आउट गराएका हुन् । जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने ब्रान्डन आठौँ ब्याटर बनेका छन् ।

यसअघि लोकेश बम, शिखर धवन, रवि बोपारा, दीपेन्द्र सिंह ऐरी, अनिल साह, लाहिरु मिलान्था र मार्टिन गप्टिलले अर्धशतक प्रहार गरेका थिए ।

कीर्तिपुर मैदानमा टस जितेर काठमाडौं गुर्खाजले सुदूरपश्चिमलाई पहिला ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  २ : ३३ बजे

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज