ब्रान्डनको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य « Khabarhub

ब्रान्डनको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौंलाई दियो १६८ रनको लक्ष्य


२० मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको बिहीबारको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले ब्रान्डन म्याकमुलेनको अर्धशतकमा काठमाडौं गुर्खाजलाई १६८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको हो ।

यसका लागि ब्रान्डनले ३६ बलमा ३ चौका र चार छक्काको सहयोगमा सर्वाधिक ५३ रन जोडे । सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४३ रन जोडे ।

यसका लागि ब्रान्डनले ३६ बलमा ३ चौका र चार छक्काको सहयोगमा सर्वाधिक ५३ रन जोडे । उनी रसिद खानको बलमा आउट भएका हुन् ।

सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले ४३ रन जोडे । २५ बल खेलेका उनले ३ चौका र ३ छक्कासमेत प्रहार गरे ।

इङ्ल्यान्डका अलराउन्डर ब्याटरसमेत रहेका सुदूरपश्चिमका ओपनर सैफ जाइबको ब्याटिङ आजको खेलमा चल्न सकेन । उनी ९ बलमा ११ रन जोडेर पवेलियन फर्किए ।

अर्का ओपनर विनोद भण्डारीले भने २८ बलमा ३५ रन जोडे । उनले दुई चौका र दुई छक्का प्रहार गरे । अन्य खेलाडीले भने दोहोरो रन बनाउन सकेनन्  ।

काठमाडौंका लागि रसिद खानले सर्वाधिक दुई विकेट लिए । करण केसी, गेर्हार्ड इरास्मस र शाहब अमालले समान १९१ विकेट लिए ।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार  २ : ४५ बजे

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि