अमेरिकी बीमा कम्पनीका सीईओको गोली हानी हत्या « Khabarhub

अमेरिकी बीमा कम्पनीका सीईओको गोली हानी हत्या


२० मंसिर २०८१, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – अमेरिकी कम्पनी युनाइटेड हेल्थकेयरको बीमा इकाईका प्रमुख कार्यकारी अधिकृत ब्रायन थम्पसनको गोली हानी हत्या गरिएको छ ।

न्यूयोर्कको हिल्टन होटल अगाडि एक आक्रमणकारीले थम्पसनलाई गोली हानेका थिए । अमेरिकन न्युज पोर्टल ब्लूमबर्गका अनुसार थम्पसनको छातीमा गोली लागेको थियो ।

कम्पनीको लगानी दिवस सम्मेलनमा सहभागी हुन थम्पसन बुधबार होटल पुगेका थिए । कम्पनीले आफ्ना एक कर्मचारीको स्वास्थ्य अवस्थाका कारण सम्मेलन समय अघि नै सकिएको जनाएको छ ।

समाचार अनुसार एक मुखौटाधारी व्यक्तिले थम्पसनमाथि गोली चलाएको थियो । गोली लागेपछि थम्पसनलाई माउन्ट सिनाई अस्पताल लगिएको थियो, चिकित्सकले  उनलाई मृत घोषित गरेको थियो।

प्रकाशित मिति : २० मंसिर २०८१, बिहिबार  ६ : ०५ बजे

घरबाट बेपत्ता दुई बालिका जङ्गलमा मृत अवस्थामा भेटिए

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिका-४ मनघरमा सोमबार दुई जना बालिका

सर्बियामा विद्यार्थी आन्दोलनको विजय

बेलग्रेड– सर्बियामा भ्रष्टाचारविरोधी विद्यार्थी आन्दोलनले संसदीय निर्वाचनमा विजयको घोषणा गरेको

कसले सुनिदिने किसानका पीडा ?

सर्लाही– उन्नत ढङ्गले कृषि कर्म गर्न सकेमा रोजगारीका लागि विदेश

कांग्रेसले गुमेको विश्वास फर्काउन घरदैलोमा जानुपर्छ : सभापति थापा

वालिङ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले गुमाएको विश्वास पुनः

बुद्धको अस्थिधातु दर्शनका लागि खुला

काठमाडौं– ललितपुरको पुल्चोकस्थीत अक्षेश्वर महाविहारमा शाक्यमुनि बुद्धको अस्थिधातु सर्वसाधारणको दर्शनका