रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्न सडक स्तरोन्नति गरिँदै « Khabarhub

रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्न सडक स्तरोन्नति गरिँदै


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– पश्चिम नवलपरासीमा रहेको पर्यटकीय स्थल रामग्राम स्तूपलाई पण्डितपुरसँग जोड्ने उद्देश्यले सडक विस्तारको काम सुरु भएको छ । 

पर्यटकीय मार्गका रुपमा विकास गर्ने गरी पश्चिम नवलपरासीको सदरमुकाम परासीबाट उत्तर घिनाहा जोड्ने दुई लेनको सडक स्तरोन्नति सुरु भएको हो  । 

रामग्राम नगरपालिका–६ पोखरापालीबाट वडा नं १५ घिनाहा चोकसम्म दुई लेनमा सडक विस्तारको काम सुरु भएको नगर प्रमुख धनपत यादवले बताएका छन्। उनका अनुसार बुद्धकालीन पुरातात्विक तथा ऐतिहासिक स्थल पण्डितपुरसम्म जोड्ने गरी रु ४१ करोड ८६ लाखको लागतमा सडक विस्तारको काम सुरु भएको छ ।

विश्व बैङ्कको ऋण सहयोग र सङ्घीय सरकारको अनुदानमा विस्तार हुन लागेको पाँच दशमलव ७८ किलोमिटरको उक्त सडक १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको नगर प्रमुख यादवले जानकारी दिए । ठूलो लगानीमा सुरु भएको पण्डितपुरबाट परासीसम्म सडक विस्तारले यस क्षेत्रको विकासमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

यादवले सो क्षेत्रमा धेरै किसानको बसोबास रहेकाले सडक विस्तार भएसँगै कृषि उपजको बिक्री वितरणमा सहज हुने बताए । सडक क्षेत्रमा पर्ने अलपत्र पुल निर्माणका लागि प्रदेश सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो । 

सहरी शासकीय तथा पूर्वाधार आयोजनाअन्तर्गत निर्माण हुन लागेको सडकको दुवै छेउमा नाला, फुटपाथसहित साढे १२ मिटर चौडाइको हुनेछ । हाल जीर्ण अवस्थामा रहेको उक्त सडक निर्माणपछि सदरमुकाम परासीसँग सुविधासम्पन्न सडकको सिधा सम्पर्क स्थापित हुनाका साथै पुरातात्विक स्थलको प्रवद्र्धनमा पनि सहयोगी हुने अपेक्षा गरिएको छ । 

पुरातात्विकस्थल पण्डितपुरको विकास र प्रवद्र्धनका लागि सडक उपयोगी हुने र रामग्राम आउने पर्यटकलाई पण्डितपुरसम्म पु¥याउन सकिने नगर प्रमुख यादवले बताए । पण्डितपुर बुद्धको मावलीका रुपमा परिचित छ ।

सो स्थानमा केही हप्ताअगाडि पुरातत्व विभागले गरेको जियोफिजिक्स सर्भेका क्रममा बुद्धकालीन सहरको ठूलो संरचना जमिनमुनि फेला परेको थियो । पण्डितपुरसम्म पुग्न करिब तीन किमी विस्तार गर्नुपर्ने जनाउँदै नगर प्रमुख यादवले बाँकी सडक अर्को चरणमा निर्माण गरिने उल्लेख गरे । 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  २ : १० बजे

पीएलए र नेपाली सेनाबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ : प्रधानसेनापति

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले चिनियाँ जनमुक्ति सेना (पीएलए)ले पञ्चशीलको

क्यान्सर अस्पतालसम्म नगर बस सञ्चालन गरिँदै

बाँके – बाँकेको बैजनाथ गाउँपालिकाको सम्झना चोकबाट खजुरास्थित सुशील कोइराला

अनलाइन ठगीमा संलग्न तीन भारतीयसहित चार जना पक्राउ

बागमती – जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न तीन

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड