उत्तरी इथियोपियामा खडेरी, १८ लाख मानिस प्रभावित « Khabarhub

उत्तरी इथियोपियामा खडेरी, १८ लाख मानिस प्रभावित


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

इथियोपिया– इथियोपियाको उत्तरी क्षेत्र अम्हारामा खडेरीका कारण १८ लाखभन्दा बढी मानिस प्रभावित भएको इथियोपियाली अधिकारीले शुक्रबार बताएका छन् ।

अम्हारा क्षेत्र विपद् रोकथाम तथा खाद्य सुरक्षा आयोगका आयुक्त टेस्फाउ बाटाबलका अनुसार खडेरीका कारण कृषि उत्पादनमा व्यापक क्षति पुगेको र मुलुकका नौ क्षेत्रका १८ लाख ४६ हजार ९८५ जना प्रभावित भएका छन् ।

खडेरीका कारण अम्हारा क्षेत्रका जनावर र मानिस दुवै भोकमरीमा परेका छन् । इथियोपियाली सञ्चारमाध्यमहरूले बेटबेललाई उद्धृत गर्दै लेखेका छन्, ‘खडेरीका कारण भएको क्षति लाई कम गर्न अम्हारा क्षेत्र प्रशासनले प्रभावितहरूको सहयोगका लागि करिब ७७ लाख अमेरिकी डलर छुट्याएको छ ।’

गत शनिबार इथियोपियाका सञ्चारमन्त्री लेजेस टुलुले इथियोपियाका विभिन्न क्षेत्रमा खडेरीका कारण ३८ लाख मानिस प्रभावित भएको बताएका थिए ।  

 संयुक्त राष्ट्रसंघीय  बालकोषको शनिबार सार्वजनिक प्रतिवेदनमा इथियोपियामा जलवायु परिवर्तनको प्रभावका कारण मानवीय अवस्था झनै बिग्रिएको उल्लेख गरिएको छ । 

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  २ : ४२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।