रोजगारी सिर्जना गर्न सरकार गम्भीर हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की | Khabarhub Khabarhub

रोजगारी सिर्जना गर्न सरकार गम्भीर हुनुपर्छ : पूर्वप्रधानन्यायाधीश कार्की


२१ पुस २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

नुवाकोट – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले युवा शक्तिलाई स्वदेशमै रोजगारको व्यवस्था गर्न राज्यले ‘विशेष पहल’ गर्नुपर्ने बताएकी छन् ।

यशोदादेवी भगवान्सिंह केसी मेमोरियल ट्रष्टले आज नुवाकोटको विदुरमा आयोजना गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई सम्मान गर्दै पूर्वप्रधानन्यायाधीश कार्कीले केही समयअघि रोजगारीका लागि मात्र विदेश जाने गरेकोमा अहिले अध्ययनका पनि विदेशिनेको सङ्ख्या धेरै भएकाले त्यसलाई कम गर्नका लागि विशेष पहल आवश्यक भएको बताइन्।

“स्वदेशमै रोजगारको अवसर सिर्जना गर्न सरकार गम्भीर हुनुपर्छ”, उनले भनिन्, “दक्ष जनशक्तिलाई स्वदेशमा फर्काउने नीति ल्याउनुपर्छ ।”

नेपालको भूमि विश्वमै उत्कृष्ट भए पनि यहाँको प्राकृतिक स्रोतको उपयोग र उब्जनीयुक्त भूमिको उपयोगबाट मुलुकलाई आर्थिकरूपमा समृद्धि बनाउनतर्फ तीनै तहका सरकारलाई गम्भीर बन्न उनले ध्यानाकर्षण गराइन् ।

त्यस अवसरमा ‘यशोदादेवी भगवान्सिंह केसी मेमोरियल ट्रष्ट’ले शैक्षिकसत्र २०७८ र २०७९ मा नुवाकोट र रसुवाको सामुदायिक विद्यालयबाट एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र शैक्षिक गुणस्तर सुधार गर्ने विद्यालयलाई नगदसहित सम्मान गरेको थियो ।

प्रकाशित मिति : २१ पुस २०८०, शनिबार  ९ : १५ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका