इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको जित | Khabarhub Khabarhub

इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर सिटीको जित


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


432
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले सहज जित निकालेको छ । गएराति सकिएको खेलमा ब्रेन्टफोडलाई ३–१ गोलले हराउँदै सिटीले जित निकालेको हो ।

सिटीका लागि फिल फोडेनले ह्याट्रिक गरेका थिए । उनले पहिलो हाफको इन्जुरी समयमा पहिलो गोल गरेका थिए । त्यसपछि क्रमशः ५३औँ७०औँ मिनेटमा गोल गरेका थिए ।

यसैगरी, ब्रेन्टफोडका नील माउपेइले एक गोल गरे थिए । उनले खेलको २१औँ मिनेटमा सुरुवाती गोल गरेका थिए । तर त्यो अग्रतालाई जोगाउन नसक्दा ब्रेन्टफोर्ड ३–१ गोलले पराजित भयो ।

यो जितसँगै म्यानचेस्टर सिटी २२ खेलबाट ४९  अंक बनाउँदै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पराजित भएको ब्रेन्टफोड  २२ अंकका साथ १५औँ स्थानमा छ ।

 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ७ : १२ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’