बागमती प्रदेश सरकार : ७८ कानुन बनिसक्दा ४७ मूल ऐन पारित | Khabarhub Khabarhub

बागमती प्रदेश सरकार : ७८ कानुन बनिसक्दा ४७ मूल ऐन पारित


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– बागमती प्रदेश सरकारले प्रदेश सभा मार्फत हालसम्म ७८ वटा कानुन निर्माण गरेको छ । प्रदेश सरकार सञ्चालन तथा सेवा प्रवाहका लागि अपरिहार्य ९९ वटा कानुन मध्ये ७८ वटा कानुन मात्रै बनेको हो ।

प्रदेशसभा सचिवालयमा दर्ता भएका ८७ वटा विधेयक मध्ये ७८ वटा पारित भएको प्रदेशसभा सचिवालय हेटौँडाले जनाएको छ । पारित भएका ७८ वटा विधेयक मध्ये ७७ वटा विधेयक प्रदेश प्रमुखबाट प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएको छ भने एउटा विधेयक प्रदेशसभा सचिवालयमा फिर्ता भएको सचिवालयले जनाएको छ ।

प्रदेशसभामा मूल ऐन ४७ वटा रहेको छ भने ३१ वटा भने विभिन्न संशोधित ऐन र सालबसाली ऐनहरू रहेका छन् । सो अवधिमा २० वटा संशोधन सहित ऐन पारित भएका छन् भने १३ वटा सालबसाली विधेयक पारित भएको प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज कुमार गुप्ताले  बताए ।

प्रदेशसभाको हालसम्म १३ वटा अध्यादेशहरू जारी भएका छन् भने १० वटा मात्र प्रतिस्थापन विधेयक दर्ता भएको प्रवक्ता गुप्ताले बताए  । सो अवधिमा ४ वटा अध्यादेशका प्रतिस्थापन विधेयकहरू फिर्ता भएका छन् भने ३ वटा अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउन नसक्दा निष्क्रिय भएको अवस्था छ । सो अवधिमा २ वटा कार्यविधि एक नियमावली र एक नियमावली संशोधन पारित भने भएको प्रवक्ता गुप्ताले बताए  ।

 जनप्रतिनिधिलाई पारिश्रमिक र सेवा–सुविधा
बागमती प्रदेशसभामा जननिर्वाचित जनप्रतिनिधिलाई पारिश्रमिक र सेवा–सुविधा प्रदान गर्न कानुनी व्यवस्था गरिएको छ । प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ मा प्रदेशसभा सदस्यले शपथ ग्रहण गरेकै दिनदेखि सेवा–सुविधा पाउने व्यवस्था गरिएको छ ।

११० सदस्यीय बागमती प्रदेशसभाका सभामुख, उपसभामुख, संसदीय दलका नेता, दलका प्रमुख तथा मुख्य सचेतकहरूलाई तहगत रूपमा धेरै सेवा सुविधा छ भने सभाका अन्य पदाधिकारी र अन्य सदस्यलाई कम सुविधा छ ।

बागमतीका सभामुखलाई ६१ हजार ४८० रुपैयाँ मासिक पारिश्रमिक, बैठक भत्ता १ हजार रुपैयाँ र आवास सुविधा उपलब्ध छ । अन्य सुविधामा सञ्चार, यातायात, बत्ती–पानी तथा अतिथि सत्कारलगायत रहेको सभाको सचिवालयले जनाएको छ ।

सभामुखलाई सञ्चार सुविधा बापत मासिक ५ हजार रुपैयाँ, सचिवालय व्यवस्थापन बापत मासिक २ हजार रुपैयाँ, १५० लिटर सवारी इन्धन, मोबिल १० लिटर, बिजुली र पानीको बिल अनुसार भुक्तानी, अतिथि सत्कारबापत मासिक १० हजार रुपैयाँको सुविधा छ । दैनिक भ्रमण भत्ता २ हजार ५०० रुपैयाँ, विदेश भ्रमणबापत २०० अमेरिकी डलर, १० लाख बीमा सुविधाको व्यवस्था गरिएको छ ।

सभामुखलाई छुट्टै सचिवालयको सुविधासमेत उपलब्ध गराइँदै आएको छ । सभामुखले गठन गर्ने सचिवालयमा स्वकीय सचिवमा उपसचिव वा शाखा अधिकृतस्तरको एक जना, कम्प्युटर अपरेटर एक जना, कार्यालय सहयोगी एक जना र सवारी चालक २ जनाको सुविधा रहने छ ।

उपसभामुखले मासिक ५८ हजार रुपैयाँ मासिक पारिश्रमिक, बैठक भत्ता एक हजार रुपैयाँ, सञ्चार खर्च ३ हजार र आवास सुविधा पाउने व्यवस्था छ ।

सचिवालय व्यवस्थापनबापत उपसभामुखले मासिक १ हजार ७५० रुपैयाँ, १२५ लिटर सवारी इन्धन, मोबिल ५ लिटर, बिजुली र धारा प्रयोगबापत बिल अनुसार वा मासिक २ हजार रुपैयाँको सुविधा उपलब्ध गराइँदै आएको छ ।

स्वदेश भ्रमणबापत उपसभामुखलाई प्रतिदिन २ हजार रुपैयाँ, विदेश भ्रमण बापत १७५ अमेरिकी डलर तथा १० लाख रुपैयाँको बीमा सुविधा प्राप्त हुन्छ भने उपसभामुखको स्वकीय सचिवालयमा शाखा अधिकृतस्तरको एक कर्मचारी, एक कम्प्युटर अपरेटर र २ कार्यालय सहयोगीको सुविधा छ ।

सभाका विपक्षी दलको नेताले मासिक ५८ हजार रुपैयाँ पारिश्रमिक पाउनेछन् भने बैठक भत्ता एक हजार रुपैयाँ पाउने व्यवस्था ऐनमा छ । यस्तै, सञ्चार खर्च अन्तर्गत मासिक २ हजार रुपैयाँ, आवास सुविधाबापत मासिक २५ हजार रुपैयाँ र फर्निचर खरिदबापत एकमुष्ट ५० हजार रुपैयाँ सुविधा पनि विपक्षी दलको नेतालाई दिइन्छ ।

विपक्षी नेतालाई सचिवालय व्यवस्थापन बापत मासिक १ हजार ७५० रुपैयाँ, मासिक रूपमा १२५ लिटर सवारी इन्धन, मोबिल ५ लिटर, बिजुली र धारा प्रयोगबापत बिल अनुसार वा मासिक २ हजार रुपैयाँ, स्वदेश भ्रमणबापत २ हजार रुपैयाँ, विदेश भ्रमण बापत १७५ अमेरिकी डलर तथा १० लाख रुपैयाँको बीमा सुविधाको व्यवस्था छ ।

स्वकीय सचिवालयका लागि शाखा अधिकृत स्तरको कर्मचारी एक, कम्प्युटर अपरेटर एक, कार्यालय सहयोगी एक जना कार्यालय सहयोगी, सवारी चालक एक जनाको सुविधा विपक्षी नेताले लिन्छन् ।

संसदीय समितिको सभापति, सत्तापक्षका संसदीय दल र प्रमुख प्रतिपक्ष दलका  प्रमुख सचेतकले तलब सुविधा बापत ५६ हजार ८४० रुपैयाँ पाउँछन् भने बैठक भत्ता १ हजार रुपैयाँ पाउने व्यवस्था छ ।

उनीहरूलाई सवारी साधनको सुविधाका साथै मासिक रूपमा सञ्चार खर्च २ हजार रुपैयाँ, आवास सुविधा बापत २५ हजार रुपैयाँ, फर्निचर खरिद बापत एकमुष्ट ५० हजार रुपैयाँ, निजी सचिवालय व्यवस्थापन १ हजार ७५० रुपैयाँ, अतिथि सत्कार बापत मासिक ४ हजार रुपैयाँ, मासिक रूपमा १२५ लिटर सवारी इन्धन तथा ५ लिटर मोबिलको व्यवस्था पनि गरिएको छ ।

यसैगरी बिजुली र धारा प्रयोग बापत मासिक २ हजार रुपैयाँ खर्च, स्वदेश भ्रमण बापत दैनिक २ हजार रुपैयाँ, विदेश भ्रमण गर्दा प्रतिदिन १७५ अमेरिकी डलर, यात्रा बीमा १० लाख रुपैयाँको व्यवस्था छ ।

सचिवालयमा सुब्बा सरहको स्वकीय सचिव र सवारी चालक एक जनाको सुविधा पनि छ । उनीहरूलाई सत्तापक्ष र विपक्षी दलको सचेतकले मासिक ५४ हजार ५२० रुपैयाँ पारिश्रमिक पाउँछन् भने सचिवालय व्यवस्थापन बापत मासिक १ हजार २०० रुपैयाँ र अतिथि सत्कारबापत मासिक ३ हजार ५०० रुपैयाँ सुविधा दिने व्यवस्था छ ।

प्रदेशसभा सदस्यले शपथ ग्रहण गरेकै दिनदेखि मासिक पारिश्रमिक ५२ हजार २०० रुपैयाँ लिने गरेका छन् । प्रदेशसभा वा समितिको बैठकमा भाग लिए बापत प्रदेशसभा सदस्यलाई प्रतिदिन १ हजार रुपैयाँ र यातायात खर्च बापत प्रतिदिन १ हजार रुपैयाँ पाउने व्यवस्था छ ।

प्रदेशसभा सदस्यले सञ्चार सुविधा (टेलिफोन, इन्टरनेट र पत्रपत्रिका) बापत मासिक १ हजार ५०० रुपैयाँ, आवास सुविधा बापत मासिक १५ हजार रुपैयाँ, पाँच वर्षको एक पटक फर्निचर एकमुष्ट ५० हजार रुपैयाँ सुविधा छ ।

यसैगरी, बिजुली र धारा प्रयोग गरेबापत मासिक २ हजार रुपैयाँ, अतिथि सत्कारबापत मासिक ३ हजार रुपैयाँ, प्रदेशसभाको काममा भ्रमण गर्दा दैनिक २ हजार रुपैयाँ, विदेश भ्रमण गर्दा प्रतिदिन १७५ अमेरिकी डलर र यात्रा बीमाबापत प्रतियात्रा १० लाख रुपैयाँको सुविधा प्राप्त गर्ने व्यवस्था छ ।

सचिवालय व्यवस्थापन गर्न नायब सुब्बा सरहका एक जना स्वकीय सचिवलाई ३४ हजार ७३० रुपैयाँ पारिश्रमिकको सुविधा पनि प्रदेशसभा सदस्यले पाउनेछन् ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १२ : ४८ बजे

ओली भन्छन्- पार्टीभित्र कुनै समूह छैनन्, सबै साथी भरभराउँदो पङ्क्ति हुन्

काठमाडौं– प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी

समाजवादी क्रान्तिका लागि केन्द्रीय समिति बैठक कोसेढुङ्गा सावित : अध्यक्ष दाहाल

काठमाडौं–  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ले

‘दुखीआत्मा’को टिजर : जब आँचलले दयाहाङलाई मध्यराति केक काट्न बोलाउँछिन्

काठमाडौं – नायक दयाहाङ राई, नायक अनुपविक्रम शाही र आँचल

अर्थसंक्षेप : नयाँ स्टक एक्सचेञ्ज नदिन सर्वोच्चमा मुद्दा, एक सातामा दुई जलविद्युत् आयोजनामा जुट्यो लगानी

काठमाडौं– विभिन्न जलविद्युत् आयोजनामा लगानी जुट्नेक्रम सुरु भएसँगै पछिल्लो एक

पूर्व उपराष्ट्रपतिबारे प्रचण्ड : पार्टी राजनीतिमा फर्किन चाहेकाले ल्याएका हौँ

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी राजनीतिमा