लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित छौँ : रवि लामिछाने « Khabarhub

लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित छौँ : रवि लामिछाने


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरूको ध्यान लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताएका छन् ।

फत सञ्चार क्लबको १४ औं वार्षिकोत्सवका अवसरमा मंगलबार भक्तपुरमा आयोजित कार्यक्रममा सभापति लामिछानेले देशमा कयौं नेता र दलहरूको जन्म भएपनि आफूहरूको ध्यान भने लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित रहेको बताएका हुन् । जुनसुकै परिस्थिति आएपनि मुलुकको लोकतन्त्रको हरण नहोस् भनेर काम अघि बढाउने उनले बताए । 

त्यस्तै सभापति लामिछानेले संविधानको रक्षा र परिवर्तनको संस्थागतका साथै सरकारले ल्याउने कानूनहरूलाई ध्यानमा राखेर प्राथमिकताका आधारमा रास्वपाले सदनमा जिम्मेवार भएर भूमिका निर्वाह गर्ने धारणा राखे  । उनले आफ्ना बारेमा उठेका बिभिन्न प्रश्नहरूको सामना गर्न आफू तयार रहेको र आफुप्रतिको आरोप र लान्छानाप्रति आक्रोशित नभएको बरु यसले आफूलाई प्रष्ट पार्ने मौका पाएको जिकिर गरे । राजनीतिको सेवा र पत्रकारिताको सेवा एकैपटक सम्भव नहुने भन्दै पत्रकारितालाई राजनीतिबाट पर राख्न उनले सुझाव दिए ।

कार्यक्रममा नेपाल टेलिभिजनका पत्रकार एवं पत्रकार महासंघका पूर्व उपाध्यक्ष दिलिप कुमार थापा मगर, पत्रकार शिव कुमार भट्टराई लगायतलाई सम्मान गरिएको थियो । 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १ : ४६ बजे

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ

काठमाडौं- नेपाली सेनाले फूलपातीका अवसरमा सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

सभापति थापाले गरे पदभार ग्रहण

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पदभार ग्रहण गरेका

शङ्कास्पद अवस्थामा हर्कु राईको शव फेला, पाँच युवा प्रहरी नियन्त्रणमा

खोटाङ- खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका ५२ वर्षीय हर्कु राईको

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

म्याग्दी- असोजको दोस्रो साता आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानले

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट