परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री महतको निर्देशन | Khabarhub Khabarhub

परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री महतको निर्देशन


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– अर्थमन्त्री डा प्रकाशशरण महतले कर्मचारीका जायज माग पूरा गर्न आफू तयार रहेको भन्दै परिणाम देखिने गरी काम गर्न निर्देशन दिएका छन् । कृष्णनगर भन्सार र आन्तरिक राजश्व कार्यालयको आज  निरीक्षणपछि कर्मचारीलाई निर्देशन दिँदै उनले भने, ‘को कहाँ र के जिम्मेवारीमा छ भन्नुभन्दा पनि परिणामका आधारमा मूल्यांकन हुन्छ ।’

अर्थमन्त्री डा महतले कर्मचारीले गरेको कामले परिणामका आधारमा मूल्यांकन हुने बताए। उनले व्यवसायको अनुशासन, पारदर्शिताका साथ यथार्थ मूल्यांकन गरिए राजश्वको लक्ष्य नजिक पुग्न कठिन नहुने बताए । 

व्यवसायको प्रकृति निरन्तर परिवर्तन भइरहेको विषयलाई मध्यनजर राख्न आग्रह गरे । आन्तरिक राजश्व र भन्सारको अन्योन्याश्रित सम्बन्ध रहेको उल्लेख गर्दै उनले भने, ‘कुन वस्तु कानुनीरुपमा आयो, कुन आएन भन्ने कुरा भन्सारबाट छुट्टियो भने राजस्वको कोणबाट व्यवसाय अनुगमन गर्न सजिलो हुन्छ ।’

उनले अहिले धेरै वस्तुलाई भ्याटको दायरामा ल्याइएको भन्दै त्यसबाट कति कारोबार भयो रु कति आय भयो भन्ने पत्ता लगाउन सकिने बताए। 

मन्त्री डा महतले अनुशासन र पारदर्शीको साथ राजश्व बढाउनेतर्फ लाग्न कर्मचारीलाई निर्देशन दिए ।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  १ : ५९ बजे

सिसिटिभी फुटेजसहित एनसेले दियो प्रहरीमा उजुरी

काठमाडौं– काठमाडौको लैनचौरस्थित एनसेलको मुख्य कार्यलय ‘एनसेल आइकन’मा २०८२ भदौ २४

बाढीले बुर्तिबाङ–पूर्वी रुकुम खण्ड अवरुद्ध

ढोरपाटन-  भीषण बाढीले मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । राष्ट्रिय

तारकेश्वर नगरपालिकाका कामकाज सञ्चालनमा

काठमाडौं-  जेन-जी युवाहरूको प्रदर्शनी र आगजनीका कारण क्षतिग्रस्त तारकेश्वर नगरपालिकाको

शिक्षण अस्पतालद्वारा २८ शवको शवपरीक्षण, २३ जनाको शव आफन्तले बुझे

काठमाडौं– त्रिवि शिक्षण अस्पताल महराजगञ्जको फरेन्सिक विभागमा २८ जनाको शवपरीक्षण

कुलमानको पहिलो निर्णय : डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउनू

काठमाडौं– नवनियुक्त उर्जामन्त्री कुलमान घिसिङले विद्युत् प्राधिकरणलाई डेडिकेटेड ट्रंकलाइनको बक्यौता