नेपाल बार एसोसिएसनका प्रतिनिधि र राजदूत सोङबीच भेटवार्ता  | Khabarhub Khabarhub

नेपाल बार एसोसिएसनका प्रतिनिधि र राजदूत सोङबीच भेटवार्ता 


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच आज बिहान शिष्टाचार भेटवार्ता  भएको छ । 

सो अवसरमा राजदूत छनले दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको र आगामी दिनमा यो अझै घनीभूत हुने विश्वास व्यक्त गरे । 

यहाँस्थित चिनियाँ राजदूतावासमा भएको भेटमा दुई देशबीचको कानुनी अभ्यास, नवीनतम सूचना प्रविधिको प्रयोग, तालिमलगायत द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो । 

एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा उपाध्यक्ष हर्कबहादुर रावल, महासचिव अन्जिता खनाल, कोषाध्यक्ष भरत राउत, सचिव अभरत लकाइ, केन्द्रीय सदस्य निर्भयराज पौडेल र परियोजना संयोजक सरिता सापकोटा पनि सहभागी थिए। 

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ३ : १८ बजे

विश्वको समग्र आर्थिक वृद्धिसँगै असमानता गहिरिँदै गएको छ : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको सेभिया शहरमा आयोजित

प्रधानमन्त्री ओली र संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसंघका महासचिव

जीबी राई पक्राउ गर्न सरकारलाई ज्ञानेन्द्र शाहीको चुनौती

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य (सूचीसहित)

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यमा फेरि वृद्धि भएको छ। नेपाल

नेपाल लगानीका लागि उर्वर, भ्रमणका लागि सुन्दर : योगेश भट्टराई

डेनमार्क – नेकपा (एमाले)का सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईले डेनिस