एमालेको धादिङ अधिवेशन १ फागुनबाट सुरु हुने « Khabarhub

एमालेको धादिङ अधिवेशन १ फागुनबाट सुरु हुने


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधि विवादका कारण प्रभावित भएको नेकपा एमाले धादिङको जिल्ला अधिवेशन १ फागुनबाट सुरु हुने भएको छ।

अध्यक्ष मण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले अधिवेशनको बन्दसत्र १ फागुन ११ बजे सुरु हुने सूचनामार्फत जनाएका छन्।

गत १९ माघमा उद्घाटन भएको अधिवेशन आन्तरिक विवादका कारण स्थगित भएको थियो। विवाद बढेपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पक्षलाई बालकोट बोलाएर छलफल गरेका थिए। छलफलपछि प्रतिनिधि छनोटमाथि केन्द्रीय संगठन विभागले अनुसन्धान गरेर बन्द सत्र सुरु गर्ने सहमति जुटेको थियो।

एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी र रामकुमार अधिकारी आकांक्षी छन्।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ५ : ४८ बजे

लागूऔषधसहित देशका विभिन्न भागबाट १३ जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

कांग्रेसको विशेष बैठक बस्दै, सभापति थापाले समसामयिक विषयमा सम्बोधन गर्ने

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको

एनपीएल : आज जनकपुर र पोखराबीच प्रतिस्पर्धा हुँदै

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज (आइतबार)

पहिरोले बीपी राजमार्गसहित विभिन्न सडक अवरुद्ध

काठमाडौँ– प्रहरी प्रधान कार्यालयले लगातारको वर्षाका कारण खहरेखोलाबाट लेदोसहित ढुङ्गामाटो

अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, मौसममा सुधार

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले अर्नब चक्रवातको अवशेषका रूपमा पश्चिम नेपाल