आजका समाचार : प्रधानमन्त्रीको निर्देशनदेखि न्यायाधीशको सरुवासम्म | Khabarhub Khabarhub

आजका समाचार : प्रधानमन्त्रीको निर्देशनदेखि न्यायाधीशको सरुवासम्म


२३ माघ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

दिनभर आजमा कानून निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न प्रधानमन्त्री दाहालको निर्देशन, विदेशी शक्तिको इशारामा नेपालबाट राजसंस्था हटाएको अध्यक्ष थापाको आरोप, परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री महतको निर्देशन, कांग्रेस महामन्त्री थापाको संवाद यात्रा स्थगित, नागढुंगा-सिस्नेखोला सुरुङमार्गको अनुगमन, संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त, उच्चका तीन सहित १२ जना न्यायाधीशको सरुवा, विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च, भारतको पटाका कारखाना विस्फोट, आठ जनाको मृत्युलगायत रहने छन् ।

कानून निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न अध्यक्ष दाहालको निर्देशन

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा प्रभावकारी भूमिका खेल्न आफ्ना पार्टीका सांसदलाई निर्देशन दिएका छन् ।

सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा आज बसेको बैठकमा उनले पार्टीका सबै सांसदले आफ्नो भूमिकालाई निखारेर लैजानुपर्ने बताएका थिए । चालु अधिवेशनमा महत्वपूर्ण कानुन संसद्मा पेस गर्ने सरकारले तयारी गरेको जानकारी दिँदै अध्यक्ष दाहालले कानुन निर्माणमा सक्रिय भूमिका खेल्न सांसदहरूलाई आग्रह गरेको माओवादी केन्द्रका सचेतक रुपा सोशी चौधरीले जानकारी दिए।

मानव अधिकारमैत्री व्यवस्था नै सरकारको प्राथमिकता हो : प्रधानमन्त्री

उद्यमशीलताको विकास गरि विदेशिने युवा जनशक्तिलाई रोक्नुपर्छ : ओली

ट्रेड युनियनको मर्मअनुसार काम नहुँदा समस्या : मन्त्री शर्मा

विदेशी शक्तिको इशारामा नेपालबाट राजसंस्था हटाएको अध्यक्ष थापाको आरोप

नेपाल बार एसोसिएसनका प्रतिनिधि र राजदूत सोङबीच भेटवार्ता
नेपाल बार एसोसिएसनका प्रतिनिधि र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङबीच आज बिहान शिष्टाचार भेटवार्ता भएको छ ।

सो अवसरमा राजदूत छनले दुई देशबीच आपसी सहयोग र समन्वयको नयाँ अध्याय सुरु भएको र आगामी दिनमा यो अझै घनीभूत हुने विश्वास व्यक्त गरे ।

निर्यात सहजीकरणका लागि चेम्बर र निर्यात परिषदबीच समझदारी

मुलुकले स्वास्थ्य क्षेत्रमा फड्को मारेको छ: नेता सिंह

परिणाम देखिने गरी काम गर्न अर्थमन्त्री महतको निर्देशन

लोकतन्त्रको रक्षा र संरक्षणमा केन्द्रित छौँ : रवि लामिछाने

कांग्रेस महामन्त्री थापाको संवाद यात्रा स्थगित

अनुगमन तथा मूल्यांकन विधेयक पारित
अनुगमन तथा मूल्यांकन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसदीय समितिबाट परिमार्जनसहित पारित भएको छ ।

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा सुशासन समिति बैठकबाट अनुगमन तथा मूल्याङ्कन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक परिमार्जन सहित पारित भएको हो ।


राष्ट्रिय सभामा उत्पत्ति भई पारित भएर सुझाव सहित प्रतिनिधि सभामा पेश भएको उक्त विधेयकमा आएको सुझावहरूलाई समेत समेटेर परिमार्जन सहित पारित भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

नागढुंगा-सिस्नेखोला सुरुङमार्गको अनुगमन

समितिको वार्षिक प्रतिवेदन पुनर्लेखन गरिने

एमालेको धादिङ अधिवेशन १ फागुनबाट सुरु हुने

संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डे नियुक्त
संघीय संसद्को महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार पाण्डेयलाई संघीय संसदको महासचिवमा नियुक्त गरेका हुन् ।


नेपालको संविधानको धारा १०६ को उपधारा (१) बमोजिम रिब्दीकोट गाउँपालिका ९१, पाल्पा निवासी पाण्डेयलाई आजैदेखि लागू हुने गरी नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उच्चका तीनसहित १२ जना न्यायाधीशको सरुवा

शहरी विकास मन्त्रालयको सचिवमा मणिराम गेलालको सरुवा

सहकारी प्रकरण : भरत महर्जनविरुद्ध रेड नोटिस जारी

शान्तिबाटीकामा काठमाडौं महानगरको ताला
महानगरीय प्रहरीले काठमाडौंको शान्तिबाटीकामा धर्नामा बसेकाहरूलाई हटाएको छ ।

मंगलबार शान्तिबाटीकामा धर्नामा बसेकाहरूको सबै सामानहरू निकालेर उनीहरूलाई धर्नास्थलबाट हटाएको हो । काठमाडौंको माइतिघरबाट हटाएपछि बिभिन्न समूहहरू शान्तिबाटीकामा धर्ना बस्दै आएका थिए भने केही समूह सोही स्थानमा टेन्ट राखेर खाने सुत्ने गर्दै आएका थिए ।


शान्तिबाटीकामा धर्नाका साथै बसोबासको स्थान बनाएको र त्यसका कारण रानीपोखरी र शान्तिबाटीका क्षेत्रमा फोहर भएकाले हटाइएको काठमाडौं महानगरले जनाएको छ ।

रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता पठाइदिन माग गर्दै राजदूतावास अगाडि धर्ना

विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च

चालु आर्थिक वर्ष २०८०-८१ को अर्धवार्षिक समीक्षा अवधिमा अर्थतन्त्रको बाह्य क्षेत्रमा उल्लेख्य सुधार देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको पुस मसान्तसम्म एक वर्षको वस्तु तथा सेवाको आयात धान्नसक्ने विदेशी मुद्रा सञ्चिति रहेको छ ।

नेप्से परिसूचक नौ दशमलव ४४ अंकले बढ्यो

हेटौँडा सिमेन्ट उद्योगको उत्पादन पुनःसुरु

निगमद्वारा जहाज भाडामा लिन बोलपत्र आह्वान

भारतको पटाका कारखाना विस्फोट, आठ जनाको मृत्यु
भारतमा मंगलबार एक पटाका कारखानामा भएको भीषण विस्फोटमा कम्तीमा आठ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विस्फोटमा परी अन्य ८० जना घाइते भएका छन् ।

भारतीय टेलिभिजनको फुटेजमा पटाका कारखानामा विस्फोटपछि आगोको ज्वाला उठेको देखिएको छ र घाइतेलाई निकाल्नका लागि दर्जनौँ एम्बुलेन्स पठाइएको छ भने सेनाको हेलिकप्टरलाई समेत बोलाइएको छ ।

पाकिस्तानमा निर्वाचनको तयारी तीव्र

स्वतन्त्र प्यानल गठन गर्ने महासचिव गुटेरेसको घोषणा

बेलायती नरेश चाल्र्स तृतीयलाई क्यान्सर पुष्टि

चिनियाँ कम्युनिष्ट पार्टीका नेता र नर्वेका विदेशमन्त्रीबीच भेटवार्ता

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ८ : ०० बजे

प्रहरीले भन्यो- रविलाई दुर्व्यवहार भएको छैन, कार्यकर्ता र समर्थकले भ्रम छरे

पोखरा- जिल्ला प्रहरी कार्यालय कास्कीले पूर्वगृहमन्त्री रवि लामिछानका नेता कार्यकर्ता

जीवनलाई सहज बनाउन एआईको उपयोगमा प्रधानमन्त्रीको जोड 

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञान र प्रविधिको उपयोग जीवनलाई

चिनियाँ वैज्ञानिक विङडिङलाई पर्यटनमन्त्री पाण्डेको सम्मान

काठमाडौं-संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्री पाण्डेले गणतन्त्र चीनका विश्वविख्यात

हतियार नचलाए पनि बिसाउन लगाउन जानेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले हतियार नचलाए पनि कसरी

उसुको थाउलो विश्वकपमा नेपाललाई कांस्य पदक

काठमाडौं– उसुको थाउलो विश्वकपमा नेपालले कांस्य पदक प्राप्त गरेको छ