आज २०८० साल फागुन २३ गते बुधबारको राशिफल « Khabarhub

आज २०८० साल फागुन २३ गते बुधबारको राशिफल


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८० साल फागुन २३ गते बुधबार तदनुसार सन् २०२४ मार्च ६ तारिख। ज्योतिषशास्त्रमा चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : दिन राम्रो छ। यात्रा राम्रो हुनेछ। मिठो भोजन मिल्नेछ। साथीसँगको भेट रमाइलो हुनेछ। शिक्षा क्षेत्रको लगानीबाट उत्साह बढ्नेछ। स्वास्थ्यमा समस्या भए सुधार हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृष : दैनिकी राम्रो छ। भविष्यको योजना आफैले बनाउनुपर्ने दिन छ। प्रयास गरेको क्षेत्रबाट प्रतिफल प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मिथुन : समय राम्रो छ। परिवारबाट राम्रो सहयोग प्राप्त हुनेछ। आर्थिक क्षेत्रमा उन्नति र सामाजिक क्षेत्रको सम्बन्ध सुधार हुनेछ। हल्लाका पछाडि नलाग्नु राम्रो हुन्छ।

कर्कट : समय सामान्य छ। स्वार्थ समूह सक्रिय भएकाले काम गर्दा सचेत हुनुपर्ने देखिन्छ। न्यायपूर्वक गरेको लगानीबाट फाइदा हुनेछ। परिवार र प्रेम सम्बन्ध सुखमय रहनेछ।

सिंह : दैनिकी राम्रो छ। आर्थिक अवस्था सुधार हुनेछ। सहयोग गर्ने साथी धेरै छन्। स्वदेशमा भन्दा विदेशमा गरेको लगानीबाट फाइदा हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेममा सफलता मिल्नेछ।

कन्या : आजको दिन राम्रो छ। बौद्धिक व्यक्तिसँग भेट हुनेछ। धेरै ग्रह सकारात्मक छन्। साथीभाइले साथ दिनेछन्। स्वदेशको भन्दा विदेशको लगानीबाट फाइदा हुनेछ।

तुला : दिन राम्रो छ। शिक्षा क्षेत्रमा प्रशंसा प्राप्त हुनेछ। कर्म क्षेत्रमा सन्तुष्टि मिल्नेछ। परिवारको सहमतिमा काम गर्नु राम्रो हुनेछ। वैदेशिक क्षेत्रको लगानीमा सचेत हुनुपर्ने दिन छ।

वृश्चिक : दैनिकी राम्रो छ। आर्थिक क्षेत्रमा गरेको लगानीबाट ठुलो फाइदा हुनेछ। गुमेको धन हात लाग्ने योग छ। शिक्षा क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ। परिवारसँगको सम्बन्ध राम्रो रहने छ।

धनु : समय राम्रो छ। पुराना साथीको भलाकुसारीबाट दिन रमाइलो बन्नेछ। शिक्षा क्षेत्रमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध राम्रो छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : समय सामान्य छ। सञ्चित धन खर्च हुने योग छ। लगानी गर्ने भए शिक्षा क्षेत्रमा प्रगति हुनेछ। वैदेशिक रोजगारीमा उन्नति हुनेछ। परिवारमा भने आफ्नो अडानका कारण खटपटी हुनसक्ने जोखिम देखिन्छ।

कुम्भ : दिन राम्रो छ। बोलीमा नम्रता आवश्यक छ। आर्थिक लाभ हुनेछ। समाजले सम्मान गर्ने योग छ। शिवको भजन गरेमा परिवारमा खुशी मिल्नेछ।

मीन : दिन राम्रो छ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा लगानी गरेको भए राम्रो हुनेछ। ठुलो खर्चबाट आफैं जोगिनु राम्रो हुन्छ। परिवारसँगको सम्बन्धमा विरोधका स्वर सुन्नुपर्ने बाध्यता हुनसक्छ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : ११ बजे

‘ध्रुवे’ हात्तीलाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

चितवन– चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान

सप्तकोसीमा पानीको बहाव बढ्यो, २१ ढोका खोलिए

सुनसरी– वर्षा सुरु भएसँगै सप्तकोसीमा पानीको बहाव बढ्ने क्रम जारी

वर्षा हुन थालेपछि रोपाइँ तीव्र

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष हालसम्म ८० प्रतिशत धान

फाल्कल्यान्डको ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा : फिफाको कारबाहीमा पर्न सक्ने

काठमाडौँ – फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई पराजित गरेपछि

यी भूभागमा मध्यमदेखि ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल