पूर्व विम्बल्डन च्याम्पियन सिमोना हालेपको डोपिङ प्रतिबन्ध घटाइयो « Khabarhub

पूर्व विम्बल्डन च्याम्पियन सिमोना हालेपको डोपिङ प्रतिबन्ध घटाइयो


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– दुई पटकको ग्राण्डस्लाम च्याम्पियन सिमोना हालेपलाई डोपिङको आरोपमा चार वर्षको प्रतिबन्ध खेलकुद मध्यस्थता अदालतले ९ महिनामा घटाएको छ ।

यो निर्णयले रोमानियाका पूर्व विश्व नम्बर एक ३२ वर्षीय हालेप तुरुन्तै टेनिसमा फर्किन सक्ने अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । यदि पुर्ववत निर्णय कायम भइरहेको खण्डमा उनको करियर समाप्त हुने डर थियो।

‘सामु राखिएका सबै प्रमाणहरू सावधानीपूर्वक विचार गरिसकेपछि कास प्यानलले हालेपले सम्भाव्यताको सन्तुलनमा स्थापित गरेको छ ।’

‘परिणामको रूपमा एमसिटी प्यानलले निर्धारण गर्‍यो कि हालेपले पनि सम्भाव्यताको सन्तुलनमा उनको एन्टी डोपिङ नियम उल्लङ्घनहरू जानाजानी थिएनन्।’ 

यद्यपि सीएएस प्यानलले एमसीटी सप्लिमेन्ट प्रयोग गर्दा हालेपले आफ्नो उल्लङ्घनका लागि केही स्तरको गल्ती वा लापरवाही फेला पारे पनि उनले केटो एमसीटी सप्लिमेन्ट प्रयोग गर्दा सावधानी नअपनाएको जनाएको छ । तर, उनको नियत भने नभएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ९ : ३२ बजे

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ– सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक

बाढीपीडितको पुनःस्थापनालाई प्राथमिकता दिनुपर्छ : ओली

काठमाडौँ– पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी

साउदी अरबको आत्मरक्षाको अधिकारलाई पाकिस्तानको पूर्ण समर्थन

इस्लामाबाद – पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले साउदी अरबको आत्मरक्षाको वैध

कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु, तीन जना पक्राउ

काठमाडौं – काठमाडौंको कलङ्कीमा कुटपिटबाट १८ वर्षीय किशोरको मृत्यु भएको