एमालेले सुरुमै सरकारमा पठाएका पदम गिरीले पाउने मन्त्रालय अझै बेटुङ्गो « Khabarhub

एमालेले सुरुमै सरकारमा पठाएका पदम गिरीले पाउने मन्त्रालय अझै बेटुङ्गो


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ मन्त्रिपरिषदमा ८ वटा मन्त्रालय पाउने निश्चित भएको नेकपा एमालेले सुरुमै सरकारमा गएका पदम गिरीलाई कुन मन्त्रालय दिने भन्नेबारे अझै टुङ्गो लगाउन सकेको छैन । हालसम्म एमालेले दुई जना मन्त्रीको नाममात्रै फाइनल गरेको छ ।

अहिलेसम्म एमालेले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री दिने र उनकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको भएपनि गिरीले कुन मन्त्रालय पाउने भन्नेबारे निर्णय गर्न सकेको छैन ।

मन्त्री गिरीलाई कुन जिम्मेवारी दिएर सरकारमा पठाउने भन्नेबारे अझै निश्चित नभइसकेको एमाले उपाध्यक्ष ईश्वर पोखरेलले खबरहबलाई जानकारी दिए ।

हाल एमाले नेताहरु आन्तरिक छलफलमा छन् । छलफलपछि बल्ल नयाँ मन्त्रीहरु र उनीहरुको जिम्मेवारी फाइनल हुने पोखरेलले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : १७ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल