एमालेले सुरुमै सरकारमा पठाएका पदम गिरीले पाउने मन्त्रालय अझै बेटुङ्गो « Khabarhub

एमालेले सुरुमै सरकारमा पठाएका पदम गिरीले पाउने मन्त्रालय अझै बेटुङ्गो


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नयाँ मन्त्रिपरिषदमा ८ वटा मन्त्रालय पाउने निश्चित भएको नेकपा एमालेले सुरुमै सरकारमा गएका पदम गिरीलाई कुन मन्त्रालय दिने भन्नेबारे अझै टुङ्गो लगाउन सकेको छैन । हालसम्म एमालेले दुई जना मन्त्रीको नाममात्रै फाइनल गरेको छ ।

अहिलेसम्म एमालेले रघुवीर महासेठलाई उपप्रधान एवं भौतिक पूर्वाधारमन्त्री दिने र उनकै नेतृत्वमा सरकारमा जाने निर्णय गरेको भएपनि गिरीले कुन मन्त्रालय पाउने भन्नेबारे निर्णय गर्न सकेको छैन ।

मन्त्री गिरीलाई कुन जिम्मेवारी दिएर सरकारमा पठाउने भन्नेबारे अझै निश्चित नभइसकेको एमाले उपाध्यक्ष ईश्वर पोखरेलले खबरहबलाई जानकारी दिए ।

हाल एमाले नेताहरु आन्तरिक छलफलमा छन् । छलफलपछि बल्ल नयाँ मन्त्रीहरु र उनीहरुको जिम्मेवारी फाइनल हुने पोखरेलले बताए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  २ : १७ बजे

भारतमा रहेकी हसिनाद्वारा बङ्गलादेशी चुनावको आलोचना

नयाँ दिल्ली- बङ्गलादेशकी निर्वासित पूर्वप्रधानमन्त्री शेख हसिनाले भारतमा रहेको आफ्नो

रणवीर सिंहविरुद्ध बेंगलुरुमा आपराधिक मुद्दा दर्ता

काठमाडौं- बलिउडका चर्चित अभिनेता रणवीर सिंह फेरि एकपटक विवादको केन्द्रमा

गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बीमामा आबद्ध

गुल्मी– छ वर्षको अवधिमा गुल्मीमा ५३ प्रतिशत नागरिक स्वास्थ्य बिमा

हुम्लामा भारी हिमपात हुँदा किसान रमाए

हुम्ला– हुम्लामा भारी हिमपात हुँदा जनजीवन अस्तव्यस्त भएको छ ।

बजाज ‘नेक्स्ट जेन महा-एक्सचेन्ज कार्निभल’ आकर्षक एक्सचेन्ज अफर

काठमाडौं– नेपालका लागि बजाजको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी