युवती प्रकरणमा परेपछि पेरूका शक्तिशाली प्रधानमन्त्रीले दिए राजीनामा « Khabarhub

युवती प्रकरणमा परेपछि पेरूका शक्तिशाली प्रधानमन्त्रीले दिए राजीनामा


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

लिमा- ल्याटिन अमेरिकी मुलुक पेरूका शक्तिशाली प्रधानमन्त्री अल्बर्टो ओटारोलाले राजीनामा दिएका छन् । एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि उनले मङ्गलबार राजीनामा दिएका हुन्  । ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, “राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु ।” ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकिल हुन् ।

उनले राष्ट्रपति डिना बोलुआर्टेको चीफ अफ स्टाफको रूपमा कामसमेत गरेका थिए । ओटारोलाले एक २५– बर्षीया युवतीलाई क्यानाडाको आधिकारिक भ्रमणबाट घर फर्कन आदेश दिएका थिए । ५७ वर्षीय ओटारोला विवाहित हुन् र उनका पाँच सन्तान छन् ।

गत हप्ताको अन्त्यमा, टेलिभिजन कार्यक्रम प्यानोरमाले यस वर्ष सरकारको लागि अभिलेख र प्रशासनिक काम गर्न कूल १४ हजार अमेरिकी डलरको दुई सम्झौताहरू प्राप्त गरेकी २५ वर्षीया याजिरे पिनेडो नामकी एक महिलालाई उक्त सम्झौता गरिदिन पदीय मर्यादा विपरीत निर्देशन दिएको उल्लेख गर्दै विपक्षी नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

सम्झौता गर्दा अनियमितता भएको हुनसक्ने आधार मानिएको रेकर्डेड कुराकानीमा प्रधानमन्त्री ओटारोलाले ती युवतीलाई भनेका छन्, “प्रिय, तिमीलाई थाहा छ ‘यी प्रसङ्ग’ ले दुःख दिएका छन् । तिनीहरू हाम्रा लागि पीडा हुन् । तर तपाईंलाई यो पनि थाहा छ कि म तपाईंलाई माया गर्छु ।”

पिनेडोका अनुसार उक्त कुराकानी ओटारोलासँग उनी क्याबिनेट मन्त्री हुनुअघि सन् २०२१ मा भएको हो । पिनेडोले प्रधानमन्त्री ओटारोलासँग आफ्नो छोटो ‘भावनात्मक सम्बन्ध’ भएको कुरा स्वीकारेकी छिन् छ ।

यसैबीच, ओटारोलाले पेरूको श्रम कानूनको उल्लङ्घन वा अन्य गलत काम गरेको आरोप अस्वीकार गरेका छन् । “मैले राजनीतिक परिस्थितिको गम्भीरता बुझेको छु तर म दोहोर्‍याउँछु कि मैले कुनै पनि गैरकानुनी काम गरेको छैन,” उनले सोमबार यसअघि ट्वीटर भनेर चिनिने सामाजिक सञ्जाल एक्समा सार्वजनिक पोष्टमा लेखेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ४ : ५४ बजे

ध्रुव राठीको समर्थनमा क्वाँ-क्वाँ रोए दीपक कलाल, ओभरएक्टिङ गरेपछि सामाजिक सञ्जालमा ट्रोल

काठमाडौं- भारतका भाइरल कन्टेन्ट क्रिएटर दीपक कलाल एक पटक फेरि

प्रधानाध्यापक र शिक्षिकामाथि कुटपिट गर्ने दुई जना पक्राउ

काठमाडौँ – काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक र

इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको सङ्ख्या २१ पुग्यो

काठमाडौं- इरानविरुद्ध युद्ध सुरु भएयता मध्यपूर्वमा ज्यान गुमाउने अमेरिकी सैनिकको

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी– कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग

बूढीगण्डकी बाढी : मनास्लु हिँडेका पर्यटक बीचैमा रोकिए

गण्डकी– बुढीगण्डकी नदीमा आज बिहान गएको बाढीले पदमार्गमा क्षति पुर्‍याउँदा गोरखाको