युवती प्रकरणमा परेपछि पेरूका शक्तिशाली प्रधानमन्त्रीले दिए राजीनामा « Khabarhub

युवती प्रकरणमा परेपछि पेरूका शक्तिशाली प्रधानमन्त्रीले दिए राजीनामा


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


864
Shares
  • change font
  • change font
  • change font

लिमा- ल्याटिन अमेरिकी मुलुक पेरूका शक्तिशाली प्रधानमन्त्री अल्बर्टो ओटारोलाले राजीनामा दिएका छन् । एक युवतीलाई अवैध काममा सहयोग गरेको आरोप लागेपछि उनले मङ्गलबार राजीनामा दिएका हुन्  । ओटारोलाले लिमामा पत्रकारहरूसँग कुरा गर्दै भने, “राष्ट्रपतिसँग मैले आफ्नो पदबाट राजीनामा पेश गर्ने निर्णयको घोषणा गरेको छु ।” ओटारोला एक अनुभवी राजनीतिज्ञ र वकिल हुन् ।

उनले राष्ट्रपति डिना बोलुआर्टेको चीफ अफ स्टाफको रूपमा कामसमेत गरेका थिए । ओटारोलाले एक २५– बर्षीया युवतीलाई क्यानाडाको आधिकारिक भ्रमणबाट घर फर्कन आदेश दिएका थिए । ५७ वर्षीय ओटारोला विवाहित हुन् र उनका पाँच सन्तान छन् ।

गत हप्ताको अन्त्यमा, टेलिभिजन कार्यक्रम प्यानोरमाले यस वर्ष सरकारको लागि अभिलेख र प्रशासनिक काम गर्न कूल १४ हजार अमेरिकी डलरको दुई सम्झौताहरू प्राप्त गरेकी २५ वर्षीया याजिरे पिनेडो नामकी एक महिलालाई उक्त सम्झौता गरिदिन पदीय मर्यादा विपरीत निर्देशन दिएको उल्लेख गर्दै विपक्षी नेताहरूले प्रधानमन्त्रीको राजीनामा माग गरेका छन् ।

सम्झौता गर्दा अनियमितता भएको हुनसक्ने आधार मानिएको रेकर्डेड कुराकानीमा प्रधानमन्त्री ओटारोलाले ती युवतीलाई भनेका छन्, “प्रिय, तिमीलाई थाहा छ ‘यी प्रसङ्ग’ ले दुःख दिएका छन् । तिनीहरू हाम्रा लागि पीडा हुन् । तर तपाईंलाई यो पनि थाहा छ कि म तपाईंलाई माया गर्छु ।”

पिनेडोका अनुसार उक्त कुराकानी ओटारोलासँग उनी क्याबिनेट मन्त्री हुनुअघि सन् २०२१ मा भएको हो । पिनेडोले प्रधानमन्त्री ओटारोलासँग आफ्नो छोटो ‘भावनात्मक सम्बन्ध’ भएको कुरा स्वीकारेकी छिन् छ ।

यसैबीच, ओटारोलाले पेरूको श्रम कानूनको उल्लङ्घन वा अन्य गलत काम गरेको आरोप अस्वीकार गरेका छन् । “मैले राजनीतिक परिस्थितिको गम्भीरता बुझेको छु तर म दोहोर्‍याउँछु कि मैले कुनै पनि गैरकानुनी काम गरेको छैन,” उनले सोमबार यसअघि ट्वीटर भनेर चिनिने सामाजिक सञ्जाल एक्समा सार्वजनिक पोष्टमा लेखेका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ४ : ५४ बजे

आँबुखैरेनीमा माइक्रो दुर्घटना, चालकसहित ११ जना घाइते

तनहुँ – पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित आज साँझ माइक्रो

भद्रपुरले जित्यो अन्तरराष्ट्रिय हक्की प्रतियोगिताको उपाधि

झापा – पहिलोपटक जिल्लामा सञ्चालित ‘प्रथम अन्तरराष्ट्रिय नकआउट हक्की प्रतियोगिता’

पाल्पामा राहदानी लिन सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो

पाल्पा – राहदानी लिन सदरमुकाम तानसेन पुग्नुपर्ने सोच बनाइरहेका रम्भा

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको