नाउपाले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने « Khabarhub

नाउपाले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नागरिक उन्मुक्ति पार्टीले केन्द्रमा प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष रेशमलाल चौधरीले केन्द्रीयसमितिको बैठकले आफूहरु अहिले सरकारमा सहभागी नहुने र प्रतिपक्षीमा रहने निर्णय गरिएको जानकारी दिए ।

चौधरीले केन्द्रीय समितिको बैठकले नै अहिले सरकारमा सहभागी नहुने निर्णय गरेको बताए । आफूहरु केन्द्रीय सरकारमा अहिले नगए पनि सुदूरपश्चिम प्रदेशमा दाबी रहेको उनले बताए । उनले आफ्नो पार्टीले राजनीतिक अवस्थालाई केहि समय हेर्ने र त्यसपछि आवश्यक निर्णय गर्ने पनि धारणा राखे ।

त्यस्तै चौधरीले टीकापुर घटनाका पीडितहरुले न्याय पाउनुपर्छ भन्नेमा आफू दृढ रहेको जिकिर गरे । टीकापुर घटनामा थारुहरु धेरै पीडित रहेको उनको भनाइ छ ।

 

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ५ : ३५ बजे

सिरियामा बारुदी सुरुङको जोखिम कायमै, बालबालिका बढी प्रभावित

एजेन्सी– सिरियामा युद्धका क्रममा छाडिएका बारुदी सुरुङ तथा अन्य विस्फोटक पदार्थका

दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद

काठमाडौं– सशस्त्र प्रहरीले महोत्तरीको सोनमा गाउँपालिका-६ मगरथानाबाट आज करिब दुई

बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नुवाकोट– नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टीका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या