ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ | Khabarhub Khabarhub

ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ


२३ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जिल्ला अदालतबाट दोषी ठहर भएर फरार रहेका एक अभियुक्त पक्राउ परेका छन् ।

जिल्ला अदालत कास्कीले १२ वर्ष ४ महिना १३ दिन कैद सजाय र एक लाख २५ हजार रुपैयाँ जरिवाना तोकिएर फरार रहेका प्रतिवादी पोखरा महानगरपालिका–२० लामाडाँडाका ३० वर्षीय डिलबहादुर गुरुङ भन्ने प्रिमसबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीको टोलीले उनलाई पोखरा–११ कााहुखोलाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए ।

पक्राउ परेका गुरुलाई प्रहरीले बुधबार नै जिल्ला अदालत हाजिर गराई कैद सजाय भुक्तानीको लागि जिल्ला कारागार चलान गरिएको छ । उनी गत मंसिर ७ गते ज्यान सम्बन्धी कसूर मुद्दामा दोषी ठहर भएका थिए ।

प्रकाशित मिति : २३ फाल्गुन २०८०, बुधबार  ७ : ३३ बजे

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले