गण्डकी र कर्णालीमा वर्षा हुने, तराइमा हावाहुरी « Khabarhub

गण्डकी र कर्णालीमा वर्षा हुने, तराइमा हावाहुरी


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।  केही पहाडी भूभागका एकदुई स्थानमा  मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कर्णाली प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जनचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा  बाँकी तराई भूभागका केही स्थानमा हावा हुरीको सम्भावना रहेको छ ।

राती भने पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम सफा रहने छ । गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जनचट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज बिहान सूर्योदय ५ बजेर ४८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २४ मिनेटमा हुनेछ ।

 



प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : १४ बजे

रूपन्देहीबाट ८३ फरार प्रतिवादी पक्राउ, फैसला कार्यान्वयनमा जोड

रूपन्देही– जिल्ला प्रहरी कार्यालय रूपन्देहीले अदालतको फैसला कार्यान्वयनका क्रममा गत

यमनमा साउदी हवाई आक्रमण तीव्र

यमन- यमनमा हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबीचको तनाव चर्किँदै गएको

संविधानको संरक्षणसँगै राष्ट्रिय एकतामा जोडिन आवश्यक : मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधानको संरक्षण गर्दै राष्ट्रिय एकता

संविधान दिवसमा नेपाललाई अमेरिकाको शुभकामना

न्यूयोर्क– नेपालको संविधान दिवसका अवसरमा संयुक्त राज्य अमेरिकाले नेपाललाई शुभकामना

संविधानको अक्षर र भावना दुवैप्रति सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावना दुवैप्रति सरकार