गण्डकी र कर्णालीमा वर्षा हुने, तराइमा हावाहुरी « Khabarhub

गण्डकी र कर्णालीमा वर्षा हुने, तराइमा हावाहुरी


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


180
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहेको छ ।  केही पहाडी भूभागका एकदुई स्थानमा  मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कर्णाली प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ ।

गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ

उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा  बाँकी तराई भूभागका केही स्थानमा हावा हुरीको सम्भावना रहेको छ ।

राती भने पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहि बाँकी भूभागमा मौसम सफा रहने छ । गण्डकी  र कर्णाली प्रदेशका पहाडी भूभागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज बिहान सूर्योदय ५ बजेर ४८ मिनेटमा भयो भने सूर्यास्त साँझ ६ बजेर २४ मिनेटमा हुनेछ ।

 



प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ६ : १४ बजे

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा

सागसब्जी खेतीबाट वार्षिक नौ लाख आम्दानी 

बागलुङ– बागलुङ बजारमा भाडाको जग्गामा सागसब्जी खेतीबाट यहाँका एक दम्पतीले

विधान र कानुनी शासन नै देशको भरपर्दो जग : खिलराज रेग्मी

काठमाडौं – मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधानन्यायाधीश खिलराज रेग्मीले संविधान र

बाढीपहिरोबाट जलजलाका तीन सय घरपरिवार प्रभावित

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्बाट म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको