कावाखोला पुलको पुनर्निर्माण सुरु « Khabarhub

कावाखोला पुलको पुनर्निर्माण सुरु


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

भोजपुर– निर्माणको अन्तिम चरणमा भाँचिएको कावाखोलाको पक्की पुलको पुनर्निर्माण थालिएको छ ।

हतुवागढी गाउँपालिका–२ रानीबासरामप्रसादराई गाउँपालिका–५ मानेभञ्ज्याङ जोड्ने कावाखोला पुलको  पुनर्निर्माण गत महिना थालिएको थियो ।

हालसम्म निर्माणको काम ६० प्रतिशत सम्पन्न भएको इटहरीस्थित स्थानीय सडक पुल कार्यान्वयन एकाइले जनाएको छ । यो पुलको ९० प्रतिशत काम सम्पन्न भएपछि २०७८ मङ्सिरमा भाँचिएको थियो ।

भाँचिएपछि पुलको स्वरुप परिवर्तन गरेर पुनर्निर्माण थालिएको प्रादेशिक स्थानीय सडक पुल सहयोग एकाइ कोशी प्रदेशका प्रमुख सूर्यनारायण चौधरीले जानकारी दिए ।

‘स्टिल ट्रस ओपन फाउन्डेसन’मा बन्ने यो पुल एक स्पानको हुने उनको भनाइ छ । पुल ४५ मिटर लम्बाइ, छ मिटर चौडाइ र १ दशमलव २० मिटरको दुवैतिर पैदल हिँड्न मिल्नेगरी निर्माण हुने जनाइएको छ ।

पुल निर्माणको काम आगामी वैशाख महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको उनको भनाइ छ । ‘कावाखोला पुलको पुनः निर्माण भइरहेको छ’, उनले भने, ‘हालसम्म ६० प्रतिशत काम सम्पन्न भएको छ । पुल निर्माणको काम आगामी वैशाख महिनाभित्रमा सम्पन्न हुन्छ ।’ मूल्य अभिवृद्धि कर (भ्याट)सहित चार करोड ६२ लाख ७४ हजार नौ सय १० को लागतमा पुल बन्न लागेको हो ।

गुणस्तरीय ढङ्गले यथाशक्य चाँडो निर्माण सम्पन्न गराउन हतुवागढी गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईलगायत स्थानीय जनप्रतिनिधिको टोलीले निरन्तर अनुगमन गरिरहेको छ । स्वीस सरकारको सहयोगमा निर्माण हुने उक्त पुलको २०७६ साल फागुन १२ गते शिलान्यास भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ८ : ५६ बजे

अध्यादेशविरुद्ध विपक्षीको मोर्चाबन्दीले राष्ट्रपतिलाई सकस

काठमाडौं- सरकारले ६ वटा अध्यादेश राष्ट्रपतिकहाँ प्रमाणीकरण गर्न पठाएपछि विपक्षीहरुले

रोल्पाको थवाङमा जिप भिरमा खस्दा कम्तीमा १७ जनाको मृत्यु

काठमाडौं- रोल्पामा जिप दुर्घटना हुँदा कम्तीमा १७ जना यात्रुले ज्यान गुमाएका

‘लालीबजार’ एक्सप्लेनर : रोशनी बादीले फिल्म हेरेपछि…

काठमाडौं- बादी समुदायबारेका तीन सिर्जना (दुई किताब ‘ऐलानी’ र ‘नथिया’

बोइङसँग बङ्गलादेशको ३.७ अर्ब डलर सम्झौता

ढाका- बङ्गलादेशले आफ्नो राष्ट्रिय ध्वजावाहक विमान कम्पनीलाई आधुनिकीकरण गर्ने लक्ष्यसहित

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं- सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न