पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो « Khabarhub

पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

पर्सा– पर्सामा महिलालाई मुख्य सञ्चालक बनाएर साना उद्योग दर्ता गर्ने क्रम बढेको छ । सरकारले महिला सञ्चालक भएका उद्योग दर्तामा ३५ प्रतिशतमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उद्योग दर्ता बढेको हो ।

दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग दर्ता हुने गरेकामा करिब ७० प्रतिशत व्यापार महिलाकै नाममा दर्ता हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा पर्सामा ६ सय ७३ नयाँ उद्योग दर्ता भएकामा तीमध्ये दुई सय ९९ व्यवसायका सञ्चालक महिला छन् । महिलाका नाममा दर्ता भएका व्यवसायमा सिलाइकटाइ, ब्युटीपार्लर छन्भने उद्योगतर्फ कृषि, माछा तथा पशुपालन छन् ।

नयाँ दर्ता भएका उद्योगमा एक हजार सात सय नौ जना पुरुष र एक हजार दुई सय ८० जना महिलाले रोजगारी पाएका उक्त कार्यालयले जनाएको छ ।

आठ महिनमा १६ वटा उद्योगको नाम संशोधन, ३७ वटाको नामसारी, २५ वटाको ठाउँ सारी, पाँच वटा उद्योगको वातावरण परीक्षण, एक सय २५ वटा उद्योगको पुँजीवृद्धि गरिएको छ ।

सो अवधिमा सात सय २६ वटा उद्योगको नवीकरण, ७९ वटाको लगत कट्टा, छ वटाको शाखा विस्तार तथा ३३ वटा उद्योगको उद्देश्य थप गरिएको छ । नयाँ उद्योग दर्ता, नवीकरणलगायत सेवा प्रवाहबाट राज्यकोषमा रु ५४ लाख १९ हजार ७५ दाखिला भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ११ : ३४ बजे

पूर्वसूचना प्रणालीलाई अझ प्रभावकारी र समुदायकेन्द्रित बनाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

अन्ताल्या– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायुजन्य विपदबाट हुने मानवीय तथा भौतिक

संरक्षणको अभावमा कान्तिताल

बाँके– नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्तितालमा संरक्षण र

झापाको बाहुनडाँगीमा जङ्गली हात्तीको त्रास : सीमा क्षेत्रमा सुरक्षा सतर्कता उच्च

झापा– मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट जङ्गली हात्तीले नेपालतर्फ प्रवेश

सवारीको उच्च चापले घोप्टेभीरमा दुईतर्फी यातायात सञ्चालन गर्न कठिन

चितवन– पृथ्वी राजमार्गअन्तर्गत घोप्टेभिरमा पहिरोका कारण सडक एकतर्फी सञ्चालनमा ल्याइएको

श्रमदान गरेर सडक मर्मत

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–५ मा न्यू देविस्थान युथ क्लबको आयोजनामा