कोपिलाको उपचार खर्च जुटाउन रेखा थापाको पहल « Khabarhub

कोपिलाको उपचार खर्च जुटाउन रेखा थापाको पहल


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


7.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सडक दुर्घटनामा गम्भिर घाइते कलाकार कोपिला थापाको उपचार खर्च जुटाउन नायिका रेखा थापाले पहल सुरु गरेकी छिन्  । 

भारतको पञ्जाबमा भएको दुर्घटनामा घाईते कोपिलाको उपचारको लागि  रेखाले व्यक्तिगत रूपमा सहयोग गर्दै उपचार खर्च जुटाउन पहल थालेकी बताईन्। 

एक साताअघि एक कार्यक्रममा सहभागी भएर भारतको पञ्चकुलातिर फर्किनेक्रममा कोपिला चढेको कार ब्रेकफेल भएर दुर्घटना हुँदा उनी घाइते भएकी थिइन् । उनको ढाडको शल्यक्रिया गरेर स्टिल राखिएको छ । 

कम्मरभन्दा मुनिको शरीर चल्दैन । कोपिलाले दर्जनौं नेपाली चलचित्र र टेलिचलचित्रमा अभिनय गरेकी छन्। रेखाले सबैले सहयोग गरेर उनको ज्यान जोगाइदिन आग्रह गरेकी छिन्  ।

उनीसँगै कारमा सवार यात्रु रूपा थापाको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  २ : ०४ बजे

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढीबाट बचेका सामान निकाल्दै स्याउली बजारका बासिन्दा (तस्बिरहरू)

काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजारका बासिन्दा बाढीबाट जोगाउन सफल भएका

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्

पुलको पहुँचमार्ग बन्यो : १५ दिनपछि बागलुङमा सीधा यातायात सञ्चालन

बागलुङ– पन्ध्र दिनपछि बागलुङ जिल्ला सिधा यातायातको पहुँचमा जोडिएको छ