पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक : सभापति देउवा « Khabarhub

पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक : सभापति देउवा


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीलाई बलियो बनाउन सबै एक जुट हुन आवश्यक रहेको बताएका छन् । 

आज काठमाडौँ निर्वाचन क्षेत्र नं २ मा पार्टीको क्षेत्रीय सम्मेलन तथा सांस्कृतिक कार्यक्रम उद्घाटन गर्दै उनले सबैलाई आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न आह्वान गरे। उनले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने गरी तयारी गर्न र त्यसतर्फ एकजुट भइ लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

‘आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याउने गरी काम गर्नु अहिलेको आवश्यकता हो, त्यसतर्फ पार्टीका सबै साथीहरू एक भएर लाग्नुपर्छ । आपसी समझदारी र समन्वय कायम गर्दै अघि बढ्न जरुरी छ’, उनले भने, ‘घात अन्तर्घात नगरी पार्टी निर्माणमा सबै एकजुट हौँ ।’

त्यसअवसरमा सो पार्टीका प्रवक्ता तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नेपाली कांग्रेसले अब स्थिरताको बाटो खोज्नुपर्नेमा जोड दिए।

 ‘नेपाली कांग्रेसकै अगुवाइमा जनता र देशप्रति समर्पित भइ काम गर्नका लागि स्थिरता र विकासको बाटो खोज्नु आवश्यक छ’, उनले भने, ‘आर्थिक वृद्धिसहित समानतामुलक समाज निर्माण गर्ने हाम्रो संकल्प हो ।’

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  ५ : ३२ बजे

निकुञ्ज चाडपर्व लक्षित सुरक्षा योजना : तालिम प्राप्त कुकुरद्वारा निगरानी

चितवन – चितवन राष्ट्रिय निकुञ्जले चाडपर्व लक्षित गर्दै सुरक्षा रणनीति

विश्वकप लिग-२ : ओडीआई मान्यता जोगाउन नेपाललाई जित्नैपर्ने दबाब, आज ओमानसँग भिड्दै

काठमाडौँ – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय (ओडीआई) शृङ्खलाको अन्तिम

विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्ड अवरुद्ध

काठमाडौँ – लगातारको बाढी र पहिरोका कारण देशका विभिन्न भागमा मुख्य

काठमाडौंमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, एक घाइते

काठमाडौं- गोकर्णेश्वर नगरपालिका ९ आरुबारीस्थित राम मन्दिर नजिक सडकमा मोटरसाइकल

नेपाली महिला यु-१९ क्रिकेट टोलीको बन्द प्रशिक्षण भैरहवामा

रूपन्देही – आगामी आईसीसी महिला यू-१९ विश्वकप क्रिकेट तथा एसिया