दक्षिणी सिरियामा विस्फोट हुँदा सात बालबालिकाको मृत्यु « Khabarhub

दक्षिणी सिरियामा विस्फोट हुँदा सात बालबालिकाको मृत्यु


२४ चैत्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

दमास्कस – दक्षिणी सिरियाको दारा प्रान्तमा शनिबार एउटा ‘विस्फोटक उपकरण’ विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

प्रहरी स्रोतलाई उद्धृत गर्दै राज्य समाचार एजेन्सी सानाले भनेको छ, “आतङ्कवादीले सानमायन सहरमा राखेको एउटा विस्फोटक उपकरण विस्फोट हुँदा सात बालबालिकाको मृत्यु भएको छ र एक महिलासहित दुई जना घाइते भएका छन् ।”

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्स वार मनिटरले भिन्न तथ्याङ्क दिँदै विस्फोटमा फरक फरक उमेरका आठ बालबालिका मारिएको र एक जना घाइते भएको बताएको छ । बेलायतस्थित मनिटरले उक्त क्षेत्रमा अज्ञात व्यक्तिलाई निशाना बनाउन मिलिसियाहरूले उक्त उपकरण राखेको आरोप लगाएको बताएको छ ।

दारा राष्ट्रपति बशर अल–असदको शासनविरुद्ध सन् २०११ को विद्रोहको उद्गम स्थल थियो तर रुसको समर्थनमा युद्धविराम सम्झौताअन्तर्गत सन् २०१८ मा यसलाई सरकारी नियन्त्रणमा फिर्ता गरिएको थियो । त्यसबेलादेखि यो प्रान्त हत्या, झडप र दयनीय जीवन अवस्थाले ग्रस्त छ ।

जिहादी र विदेशी सेनालाई समावेश गरेको घातक द्वन्द्वबाट बढेको सिरियाको युद्धबाट पाँच लाख सात हजारभन्दा बढी मानिस मारिएका छन्, लाखौँ विस्थापित भएका छन् र मुलुकको पूर्वाधार तथा उद्योग क्षेत्र ध्वस्त भएको छ ।

प्रकाशित मिति : २४ चैत्र २०८०, शनिबार  १० : ४२ बजे

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको

कुलमानसँग एकता सहमति, बालेनपछि उज्यालो नेपाल पनि रास्वपामा समाहित हुँदै

काठमाडौं- कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टी पनि रवि लामिछाने