जसपा फुटको असर : लुम्बिनी सरकारमा फर्किए राजीनामा दिएका भण्डारीलाल « Khabarhub

जसपा फुटको असर : लुम्बिनी सरकारमा फर्किए राजीनामा दिएका भण्डारीलाल


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


558
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गत वैशाख ८ गते राजीनामा दिएर बाहिरिएका लुम्बिनी प्रदेशका मन्त्री भण्डारीलाल अहिर फेरि सरकारमै फर्किएका छन् ।

लुम्बिनी प्रदेश सरकारबाट बाहिरिएको १६ दिनपछि अहिर सरकारमै फर्किएर कृषि तथा भूमि व्यवस्था मन्त्रालय सम्हालेका हुन् ।

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई अशोक राईसहितले विभाजित गरेपछि अहिर पनि नयाँ पार्टीतर्फ खुलेका छन् ।

अहिर लुम्बिनी प्रदेशमा जसपा संसदीय दलका नेता पनि हुन् । पार्टी विभाजनपछि अशोक राईको नेतृत्वमा बन्ने पार्टीमा सहभागी हुने गरी अहिर लुम्बिनी सरकारमा सहभागी भएका छन्।

फागुन २१ मा बनेको नयाँ गठबन्धनले जसपालाई दुईजना मन्त्री दिने सहमति कार्यान्वयन नगरेको भन्दै उनले वैशाख ८ गते राजीनमा दिएका थिए ।

तर अहिरको राजीनामा मुख्यमन्त्री जोखबहादुर महाराले स्वीकृत गरेका थिएनन् ।

जसपाका लुम्बिनीमा तीन जना प्रदेशसभा सदस्य छन् । जसमध्ये दुईजनालाई मन्त्री बनाउनुपर्ने जसपाको माग थियो ।

उपेन्द्र यादव विदेशमै हुँदा फुट्यो जसपा, सात सांसदले नयाँ दल दर्ता गर्दै

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

उपेन्द्र यादवलाई छाडेर नयाँ दलतिर जसपाका यी ७ सांसद

जसपाबाट विभाजित समूह सत्ता गठबन्धनमै रहने, सरकार पनि नछाड्ने

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

जसपा विभाजित भएपछि राजकिशोरले भने, ‘सिरहाको गाउँमा छु, बल्ल थाहा भयो’

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

उपेन्द्रले मन्त्री बनाएका नवलकिशोर नै जसपा छाडेर नयाँ दलतिर

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  २ : ५३ बजे

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

एजेन्सी– अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र

कांग्रेस महाधिवेशनमा पेशागत संघ–संस्थालाई पूर्ण प्रतिनिधित्वको माग

काठमाडौं– नेपाली कांग्रेसको आगामी महाधिवेशनमा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई मतदानको अधिकार मात्र

चौथो बन्दै उपमहासचिवमा पराजित भए ओलीका भित्रिया विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ओलीका सबैभन्दा विश्वासिला पात्र विष्णु

उपाध्यक्षमा गुरुङ लोकप्रिय, ल्याए १७३७ मत, दोस्रोमा विष्णु पौडेल

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा विजय भएका पृथ्वीसुब्बा गुरुङले १७३७

सचिवमा ओलीको प्यानल नै विजयी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सचिव पदमा अध्यक्ष