पार्टी फुट्ने कुनै कारण थिएन, अशोक राईले सरप्राइज दिनुभयो : मनिष सुमन (अन्तर्वार्ता) « Khabarhub

पार्टी फुट्ने कुनै कारण थिएन, अशोक राईले सरप्राइज दिनुभयो : मनिष सुमन (अन्तर्वार्ता)


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

अशोक राईले आइतबार जनता समाजवादी पार्टी नेपाल फुटाएर नयाँ पार्टी बनाउँदा अध्यक्ष उपेन्द्र यादव अमेरिका थिए । यादव सोमबार मध्यराति १२ बजे काठमाडौंमा आइपुग्दैछन् ।

उता जसपा प्रवक्ता मनिष सुमन पनि पार्टीका संघीय परिषद् अध्यक्षले नयाँ यात्रा थाल्दा आश्चर्यचकित भएका छन् । उनी आइतबार जनकपुरमा थिए । पार्टी विभाजनको पूर्वजानकारी आफूले नपाएको प्रवक्ता सुमनले खबरहबलाई बताए । जसपा नेपालको विभाजनका सन्दर्भमा प्रवक्ता सुमनसँग खबरहबले छोटो कुराकानी गरेको छ ।

यहाँलाई जसपा नेपाल विभाजन हुँदै गरेको जनकारी थियो कि थिएन ?

गाइँगुइँ असन्तुष्टि सुनेको थिएँ । विभाजन नै भइजाला भन्ने थिएन । मत ‘सरप्राइज’ भएँ । केही गहिरो कुरा थिएन । म पनि जिल्लातिरै छु, काठमाडौं पुगेपछि अरु कुरा पत्ता गलाउँछु । अहिले जनकपुरमै छु, भरे काठमाडौं उत्रिन्छु ।

पार्टीबाट अलग हुँदैछौँ, कता हुनुहुन्छ भनेर अशोक राईको टिमले सोधखोज गरेनन् ?

त्यसो भएको भए त मिलाउन पहल गर्ने थियौँ । उहाँहरूले केही भन्नु भएन । पार्टी अध्यक्षसहित नेतृत्वलाई केही जानकारी नै थिएन । एक्कासि मिडियामा पार्टी फुटेको कुरा आयो ।

यहाँ उपेन्द्र यादवनिकट हुनुहुन्छ, अमेरिकामा भए पनि उहाँले केही भन्नु भएन ?

बाहिर जानुपर्ने भएकाले उहाँलाई पनि पूरै जानकारी नहुन सक्छ । केही असन्तुष्टि आएका थिए तर पार्टी फुट्नुको ठूलो कारण थिएन ।

पार्टी फुटेपछि अध्यक्षसँग यहाँको कुरा भयो होला नि, के भन्नुभयो ?

लामो कुरा भएन । ठिकै छ, मिल्छ भन्नु भएको छ । उहाँ अहिले कतार हुनुहुन्छ । बेलुकासम्म आइपुग्नु हुन्छ । सोमबार बेलुका म आइपुग्छु भन्नु भएको छ । उहाँकै पर्खाइमा छौँ ।

अशोक राईको असन्तुष्टि पुरानै हो कि नयाँ विवाद थियो ?

उहाँको असन्तुष्टि देखिएको थिएन । उहाँले बैठकमा पनि खुलेर बोलेको सुनेको थिइनँ । बरु राजेन्द्र श्रेष्ठचाहिँ असन्तुष्ट हुनुहुन्थ्यो भन्ने सुनेको थिएँ ।

के कुरामा असन्तुष्टि थियो उहाँको ?

यही नै भन्ने थिएन । धेरै थियो म पनि बुझ्दै छु । केही मेसो आएको छैन, आश्चर्यचकित छु ।

यो पनि

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ५ : ३६ बजे

काठमाडौंसहित देशका विभिन्न क्षेत्रमा वर्षा

काठमाडौं – पश्चिमी न्यून चापिय प्रणाली र स्थानीय वायुको प्रभावका

वैदेशिक रोजगारीमा जाँदा यी कागजपत्र आवश्यक

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीका लागि प्रस्थान गर्ने

इरानद्वारा युद्धविराम प्रस्ताव अस्वीकार

तेहरान – इरानले अमेरिका र इजरायलसँगको युद्धका लागि प्रस्तावित युद्धविरामलाई

विशिष्ट पदाधिकारी तथा कर्मचारीको इन्धन सुविधामा कटौती

काठमाडौं – अर्थ मन्त्रालयले सरकारी कर्मचारी तथा पदाधिकारीले पाउँदै आएको

युद्धविरामबारे ट्रम्पले भने : निकै महत्वपूर्ण कदम, तर पर्याप्त छैन

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान युद्धका लागि अमेरिकाले