उपेन्द्र र माधव कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा थिए : अशोक राई (अन्तर्वार्ता) | Khabarhub Khabarhub

उपेन्द्र र माधव कांग्रेससँग मिलेर सरकार ढाल्ने योजनामा थिए : अशोक राई (अन्तर्वार्ता)

असन्तुष्टि चुलिएपछि जसपामा विस्फोट भयो



उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) आइतबारदेखि विभाजन प्रक्रियामा गएको छ । अशोक राईको नेतृत्वमा जसपा नेपाल विभाजित गर्ने निर्णय लिएको समूहले ‘जनता समाजवादी पार्टी’ नामको अर्को पार्टी दर्ताका लागि आइतबार नै निर्वाचत आयोगमा निवेदन दिइसकेको छ । राईको नेतृत्वमा नयाँ पार्टी निर्माणको निर्णयले सत्ता र प्रतिपक्षी गठबन्धमा तरंग ल्याएको छ । यसै सन्दर्भमा प्रस्तावित जसपाका केन्द्रीय अध्यक्ष अशोक राईसँग खबरहबले कुराकानी गरेको छ ।

अचानक जसपा नेपाल फुटाएर नयाँ पार्टी खोल्ने निर्णयमा कसरी पुग्नु भयो ?

जसपा नेपालभित्र असन्तुष्टि पहिलेदेखि नै थियो । अहिले विस्फोट मात्रै भएको हो । नेतृत्वको एकात्मक र एकलौटी शैली सहन नसकेपछि विभाजनतिर लाग्यौँ । महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्ने परिपत्रमा उल्लेखित विषयवस्तुले विस्फोट गरायो । सबै साथीहरू असन्तुष्ट हुने अवस्था भयो ।

महाधिवेशन प्रतिनिधि छनोट नै मुख्य विवाद हो ?

यो पनि हो । आफ्ना अनुकूल मान्छे राख्ने । पार्टीमा दुःख र संघर्ष गरेका मान्छेलाई पाखा लगाउने काम भयो । यो त पार्टीका लागि घात हो । कति साथीहरू रिसाउनु भयो । निर्वाचान समितिमा पनि अध्यक्षनिकट, व्यवस्थापन समिति पनि उस्तै भयो । मधेस प्रदेशमा पनि पार्टी अध्यक्षलाई हटाएर अध्यक्षनिकट मान्छे ल्याउनु भयो । हामीले यसमा पनि सल्लाह दिएका थियौँ । ‘अध्यक्षज्यू अहिले उहाँलाई नलाऊँ’ भनेर पटक–पटक भनेका थियौँ । तर हाम्रो कुरा सुनुवाइ भएन । मधेसमा रामबाबु यादव अध्यक्ष हुँदा कति संगठन विस्तार गर्नुभएको थियो । पार्टी चलायमान थियो तर उहाँले बालकिशोर यादवलाई ल्याउनु भयो । मधेसमा हाम्रो पार्टीमा आस्था राख्ने मान्छेहरू बिच्किएका छन् । त्यसपछि पनि शंकाको वातावरण भएको थियो ।

यतिमै पार्टी फुट्ने अवस्था आयो ? मिलाउन सक्नु हुन्थ्यो नि ?

एक लाख पाँच हजार पार्टी सदस्य रहेको रेकर्ड आयो तर त्यसको प्रक्रिया हामीले हेरेका थियौँ । केही पनि पुगेको थिएन । हचुवाका भरमा पार्टी चलाउन खोजेपछि विवाद बढिरहेको थियो । हामीले कति ‘कम्प्रमाइज’ गर्न खोज्यौँ, तर अन्तिममा जनताका लागि विभाजित हुनुपर्ने अवस्थामा पुग्यौँ ।

नयाँ पार्टीबारेको छलफल चाहिँ कहिलेबाट चल्यो नि ?

असन्तुष्टि व्यापक थियो । तर तयारी थिएन । मिलाएर जानकै लागि अगाडि बढेका थियौँ । के गर्ने, महाधिवेशनमा कसरी जाने भन्ने कुरा चल्यो । वैशाख २७, २८, २९ गते महाधिवेशन छ । नेतृत्वले सल्लाह नगर्ने, छलफल नै नबोलाउने गर्न थालेपछि हाम्रा साथीहरूले एकलौटी भयो भन्नुभयो । तर छलफल गर्ने ठाउँ छ, सुधार्न सकिन्छ भने र थम्थम्याइरहेको थिएँ । महाधिवेशन सार्न सकिन्छ भनेर टार्दै आइरहेँ । तर प्रतिनिधि छनोटको अनुपात जसरी जारी भयो, त्यससपछि अब मिल्ने सम्भावना सकियो भन्ने भयो । सबै कुराको सम्भावना सकिएपछि विकल्प नहुने रहेछ । पार्टी बनाउन कति मिहिनेत गरेका थियौँ । पेवा जस्तो बनाएपछि अलग हुने निर्णय गर्यौँ‍ । पार्टीबाट अलग हुने कुरा चाहिँ १ हप्ताअगाडिको हो । १ हप्ताको घटनाक्रममा पार्टी विभाजन गरेका हौँ । हामीले हल्ला गरेनौँ । गर्न अनुकूल पनि भएन, यहाँहरूलाई थाहा नै छ हल्ला गरेर केही काम बन्दैन ।

उपेन्द्र यादव विदेश भएकै बेला किन पार्टी विभाजनतिर लाग्नु भएको हो ?

उहाँ जानु अगाडिदेखिकै तयारी हो । उहाँ जाने कुरा पनि हामीलाई थाहा थिएन । सरकारी भ्रमण हो । संयोग नै त्यस्तै पर्यो‍ ।

उपेन्द्र यादवले एकलौटी गरे भन्नुभयो, उहाँलाई असन्तुष्टि राख्नुभएको थिएन ?

चेतावनी दिइएको थिएन । तर एकल निर्णयले पार्टीलाई हित गर्दैन, विभाजनमा लान्छ । विद्रोह हुन्छ भन्ने कुरा अरु साथीहरूले बैठकमा राख्नु भएको थियो ।

उहाँको जवाफ के थियो ?

केन्द्रीय कार्यकारिणी बैठकमा बहुमत सदस्यहरूले कुरा राख्नु भएको थियो । अनौपचारिक छलफलमा सल्लाह नभए विद्रोह हुने कुरा बारम्बार उठेको थियो । साथीभाइले बैठकमा कुरा राख्दा सुनेजस्तो गर्ने तर मतलब नगर्ने भएपछि वाक्क भइँदो रहेछ । कुनै पनि पार्टीका नेताको कुरा नेतृत्वले गम्भीर रुपमा लिनुपर्ने हो । तर त्यो इच्छाशक्ति देखिएन ।

विभाजनका लागि राजेन्द्र श्रेष्ठ र यहाँले होमवर्क गर्नु भएको थियो रे ?

उहाँ (राजेन्द्र) ले त कतिपय कुरा खुलेरै राख्नु भएको थियो । तर उहाँ र मेरो मात्रै कसरत होइन । पार्टी हितका लागि सबैको योगदान उत्तिकै छ ।

उपेन्द्र यादव नयाँ गठबन्धनको योजनामा रहेको यहाँका नेताहरूले भन्नु भएको थियो, यो साँचो हो ?

लुकाउने कुरै छैन । छताछुल्ल भएको छ । औपचारिक छलफल भएको थिएन । तर माधव नेपाल र उपेन्द्र यादवबीच यसबारे आपसमा कुराकानी चलेको थियो । नेपाली कांग्रेससँग बार्गेनिङ भइरहेको कुरा यथार्थ हो भन्ने अनुमान सबैको छ ।

उपेन्द्र यादव मन्त्री हुँदा पनि तपाईंसहित ७ सांसदले असन्तुष्टि जनाउनु भएको हो ?

उहाँलाई बारा २ को उपनिर्वाचनमा जिताउन हामीले धेरै मिहिनेत गरेका थियौँ । केन्द्रीय गठबन्धनका शीर्ष नेताहरूलाई बारा २ मा उतार्न पार्टीका साथीहरू लाग्नुभयो । तर उहाँले यो पटक साथीहरूलाई सरकारमा जान पालो दिनुभएको भए हुन्थ्यो । नेतृत्वले त मिलाएर जाने हो । उहाँको पालो आउँथ्यो नि ।

यहाँहरुको पक्षमा खुलेका राजकिशोर यादव अन्तिममा ब्याक हुनुभयो नि ?

उहाँले निर्वाचन क्षेत्रमा कुराकानी गर्छु भन्ने भएको थियो । पछि आइपुग्नु भएन । सायद निर्वाचन क्षेत्रका साथीहरूले नजान भन्नु भयो होला । उहाँले मलाई खबर गर्नु भएन भनेर रिसाउनु भयो रे साथीहरूसँग । तर हामीले खबर गरेका थियौँ ।

प्रकाश अधिकारी, रेखा यादव र दीपक कार्कीलाई सुनाउनु भएन ?

उहाँहरू सबैलाई थाहा थियो । तर केहीले थाहा नपाएझैँ गर्नुभयो । साथीहरूले सुनाउनु भएको हो । अझै पनि उहाँहरूलाई स्वागत गर्छौँ । उपेन्द्र यादव विदेशबाट फर्किएपछि गल्ती स्वीकार गर्नुभयो भने पनि हामी ब्याक हुने सम्भवना छैन । सुरुमा हामीले उहाँलाई सम्झाएका हौँ । गल्ती स्वीकार गर्ने सामर्थ्य उहाँसँग छ र ?

यहाँहरुको दल कसरी दर्ता हुन्छ ? दल दर्ता दलसम्बन्धी ऐन सांसदबाट पुनजीर्वित भएको छैन अध्यादेशबाट संशोधन भएको थियो । पुरानै ऐनअनुसार कारबाही हुन्छ कि नयाँ प्रक्रियामा जान्छ ?

संसदीय दलबाट विभाजन हुने भएकाले ६ जना भए ४० प्रतिशत पुग्छ । २० प्रतिशतमा पनि ३ जना भए पनि विभाजन हुन सक्ने कानुनी व्यवस्था रहेछ । २० प्रतिशत संसदीय दलबाट वा २० प्रतिशत केन्द्रीय समितिबाट भन्ने रहेछ । हिजो माधव नेपालजीहरू एमालेबाट जुन व्यवस्थाले फुट्नु भएको थियो, त्यही ऐन र नियमावलीलाई टेकेर विभाजनमा अघि बढेका हौँ । तीनजनाले हुने ठाउँमा ७ जना छौँ । माधवजीहरूको विधिअनुसार जाँदा पनि हामीलाई ठिक छ । ४० प्रतिशतमा जाँदा पनि ठिक छ । अहिले अन्योल जस्तो रहेछ । आयोगले पनि परामर्श गरेर निर्णय लिने भनेको छ ।

कहिले होला नयाँ दल दर्ता ?

हामी निर्वाचन आयोगको निर्णय पर्खिरहेका छौँ । उहाँहरूले बोलाएपछि के निर्णय गर्नुहुन्छ, अनि जान्छौँ । हिजो निवेदन दर्ता गरेर विभाजन प्रक्रिया अगाडि बढाउने काम भयो । भोलि या पर्सि बोलाउनु होला। आयोगमा पार्टी विभाजनको दर्ता चढेको छ । छिटो हुन्छ भन्नु भएको छ ।

जसपाका लुम्बिनीमा तीन जना प्रदेशसभा सदस्य छन् । जसमध्ये दुईजनालाई मन्त्री बनाउनुपर्ने जसपाको माग थियो ।

उपेन्द्र यादव विदेशमै हुँदा फुट्यो जसपा, सात सांसदले नयाँ दल दर्ता गर्दै

जसपा फुट्दै गर्दा अमेरिकाबाट कतार पुग्दैछन् उपेन्द्र यादव

उपेन्द्र यादवलाई छाडेर नयाँ दलतिर जसपाका यी ७ सांसद

जसपाबाट विभाजित समूह सत्ता गठबन्धनमै रहने, सरकार पनि नछाड्ने

जसपा विभाजन हुँदा सत्ता समीकरणमा कस्तो असर पर्ला ?

जसपा विभाजित भएपछि राजकिशोरले भने, ‘सिरहाको गाउँमा छु, बल्ल थाहा भयो’

सरकारविरुद्ध षड्यन्त्र रोक्न जसपा फुटायौं : मन्त्री साह (अन्तर्वार्ता)

जसपा फुटको रहस्य : सरकार ढाल्न कि जोगाउन ?

उपेन्द्रले मन्त्री बनाएका नवलकिशोर नै जसपा छाडेर नयाँ दलतिर

अशोक राईको नेतृत्वमा यस्तो बन्यो नयाँ जसपा, कसलाई के जिम्मेवारी ?

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ३ : ४९ बजे

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा