एकीकृत समाजवादीले भन्यो : हाम्रा कुनै सांसद यताउता भएका छैनन्, पार्टी फुट्दैन | Khabarhub Khabarhub

एकीकृत समाजवादीले भन्यो : हाम्रा कुनै सांसद यताउता भएका छैनन्, पार्टी फुट्दैन


२४ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजित भएपछिको तरंग माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा पनि परेको छ ।

आइतबार जसपा विभाजित भएलगत्तै समाजवादीले प्रतिनिधि सभाका १० र राष्ट्रिय सभाका ८ सांसदसहित सोमबार संसदीय दलको बैठक राख्यो ।

उक्त बैठकपछि सांसद शेरबहादुर कुँवरले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने नीति तथा कार्यक्रममा रचनात्मक सुझाव दिने निर्णय गरेको बताए । उनले बजेटलाई जनमुखी बनाउन पहल गर्ने निर्णय पनि भएको उल्लेख गरे ।

सांसद कुँवरले जसपा विभाजित भइसकेपछि एकीकृत समाजवादीमा पनि त्यही घटनाक्रम दोहोरिने आशंकालाई संसदीय दलको बैठकले चिर्ने काम गरेको जानकारी दिए ।

‘जसपा विभाजित हुँदै गर्दा यसबीचमा अनेक हल्ला चलाएका थिए । जसपा विभाजनको मुद्दा निर्वाचन आयोगसम्म पुगेको छ’, उनले भने, ‘अहिले हाम्रो पार्टीमा कुनै किसिमको मतभेद र समस्या छैन । त्यसैले हाम्रो पार्टी पनि फुट्न लागेको भनेर चलाइएका हल्ला गलत हुन्, हामी एकढिक्का छौँ।’

उनले एकीकृत समाजवादीका ६ देखि ७ जना सांसद पार्टी विभाजनका लागि अन्य दलका नेताहरूसँग भेटिरहेको कुराको पनि खण्डन गरे ।

‘यसबीचमा हाम्रा ६ जना सांसद यहाँ गए, ७ जनाले त्यहाँ गएर अर्को दलका नेतालाई भेटे भन्ने कपोलकल्पित समाचार आए’, उनले भने, ‘हाम्रो पार्टीका सांसदहरू कहीँ कतै जानु भएको छैन । हामी पार्टीलाई बलियो बनाउने पक्षमा छौँ, हामी एकढिक्का छौँ । संसदीय दलको बैठकले पार्टीलाई अझ बलियो र सशक्त बनाएर लैजाने निर्णय गरेको छ ।’

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ५ : ४८ बजे

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।

आँखा शिविरबाट दुई सय बढी लाभान्वित

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटमा शनिबार सम्पन्न निःशुल्क आँखा शिविरमा

एम्बुलेन्सको ठक्करबाट एक महिलाको मृत्यु

लुम्बिनी– पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल नजिकै एम्बुलेन्सको

सहकारी प्रकरणमा छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक बस्दै

काठमाडौं– सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश तय गर्न

नवलपुर उद्योग वाणिज्य सङ्घमा सापकोटा निर्वाचित

नवलपरासी– जिल्ला उद्योग वाणिज्य सङ्घ नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को अध्यक्षमा दीपक सापकोटा